काठमाडौं । बौद्ध टुसालमा रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले आगाी आर्थिक वर्ष प्रविधिमैत्री सेवा र संस्थागत सुशासनको लक्ष्य लिएको छ । संस्थाले आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय विश्लेषण तथा आर्थिक वर्ष २०८३ / ०८४ को कार्ययोजना निर्माण एवं आगामी वर्षको लक्ष्य हस्तान्तरण कार्यक्रम सम्पन्न गर्दै उक्त लक्ष्य लिएको जनाएको छ । संस्थाले विगत वर्षको वित्तीय अवस्था, उपलब्धि, चुनौती तथा सिकाइहरूको गहन समीक्षा गर्दै आगामी वर्षका लागि स्पष्ट लक्ष्य, रणनीति तथा कार्ययोजनाहरू तय गरेको हो ।
सफलता आकस्मिक रूपमा प्राप्त हुँदैन, सफलता सधैं पूर्वयोजना, गहन छलफल, प्रभावकारी समन्वय तथा स्पष्ट कार्यदिशाको परिणाम भएकोले “पूर्व तयारी र सार्थक छलफल नै सफलताको पहिलो चरण हो” भन्ने मान्यतालाई आत्मसाथ गर्दै संस्थाले आगामी वर्षका लागि दिगो विकास, उत्कृष्ट सेवा प्रवाह, प्रभावकारी कर्जा व्यवस्थापन बचत परिचालनको लक्ष्य लिएको जनाएको छ ।
प्रविधिमैत्री सेवा विस्तार तथा संस्थागत सुशासनलाई प्राथमिकतामा राखि लक्ष्य निर्धारण गरेको संस्थाले सबैको साझा प्रतिबद्धता, जिम्मेवारीपूर्ण कार्यसम्पादन र परिणाममुखी सोचमार्फत निर्धारित लक्ष्यहरू हासिल गर्न सकिने र संस्थालाई थप सबल, विश्वसनीय र अग्रणी सहकारी संस्थाको रूपमा स्थापित गर्न सफल हुने विश्वास लिएको संस्थाका सचिव विकल्प पाठकले जनाए ।
असार मसान्तसम्म संस्थामा १५ हजमर ७२३ जना सदस्य रहेका छन् । संस्थामा १६ करोड ६९ लाख ९ पाँचसय सेयर पूँजी,१२ करोड ८२ लाख ५२ हजार जगेडा कोष तथा १३ करोड ३२ लाख ४२ हजार अन्य कोष रहेको जनाइएको छ । त्यसैगरी संस्थाको ३ अर्ब ५४ करोड ७४ लाख ३९ हजार कूल सम्पती रहेको छ । संस्थाले यस आवमा सदस्य राहत सुविधा अन्तर्गत विभिन्न शिर्षकमा २७ लाख २४ हजार ५२८ रुपैंयाँ वितरण गरेको जनाएको छ ।
Leave a comment