हाइलाइट

सदस्य सन्तुष्टिको दृढ संकल्प गर्दै सिको साकासको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

सदस्य सन्तुष्टिको दृढ संकल्प गर्दै सिको साकासको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । बर्दियामा रहेको सिको बचत तथा ऋण सहकारी संस्थाको चारवर्षे रणनीतिक योजना तथा बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।  संस्थाले आव २०८२र०८३को वार्षिक समीक्षा तथा कर्मचारी कार्य विवरण हस्तान्तरण, व्यवस्थापन अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।

साउन २३ र २४ गते सिद्दार्थ होटल, टिकापुर कैलालीमा सम्पन्न कार्यक्रममा संस्थाले सञ्चालक समिति लेखा सुपरिवेक्षण समिति, ऋण उपसमिति, शिक्षा उपसमिति र कर्मचारीहरूको संयुक्त कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

कार्यक्रममा रणनीतिक मार्गदर्शन, संस्थाको आगामी ४ वर्षका लागि स्पष्ट लक्ष्य र परिदृश्य निर्माण गर्दै तेस्रो रणनीतिक योजना तर्जुमा गरिएको जनाइएको छ। पारदर्शी समीक्षा, विगत वर्षको कार्यसम्पादन, उपलब्धि र चुनौतीहरूको मिहीन समीक्षा गर्दै भावी कार्यदिशा तय गरिएको संस्थाका अध्यक्ष दामोदर अधिकारीले जनाएका छन् ।

त्यसैगरी उनले जिम्मेवारी हस्तान्तरण, संस्थागत सुशासन र कार्यसम्पादनमा थप प्रभावकारिता ल्याउन कर्मचारीहरूलाई नयाँकार्य विवरण हस्तान्तरण तथा व्यवस्थापन अभिमुखीकरण प्रदान गरिएको, साथै सामूहिक प्रतिबद्धता, समिति र कर्मचारी टिमबीच संस्थालाई अझ सुदृढ, प्रविधिमैत्री र सदस्यकेन्द्रित बनाउने साझा प्रतिबद्धता व्यक्त भएको, जनाए ।



Leave a comment