हाइलाइट

निङ्गलाशैनि सहकारीको ६० करोड सम्पत्ति पुर्याउने लक्ष्य राख्दै समिक्षा गोष्ठी सम्पन्न

निङ्गलाशैनि सहकारीको ६० करोड सम्पत्ति पुर्याउने लक्ष्य राख्दै समिक्षा गोष्ठी सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । भीमदत्त नगरपालिका कञ्चनपुरमा रहेको निङ्गलाशैनि बहुउद्देश्यीय सहकारी सस्थाको बार्षिक समिक्षा तथा निति योजना कार्यक्रम सम्पन्न भएको छ । संस्थाले आव २०८२ / ०८३ को समिक्षा तथा २०८३ / ०८४ को निति योजना र कार्यक्रम सम्पन्न गरेको हो । संस्थाले साउन २३ र २४ गते सालिनि बाटिका एण्ड ईको रिसोर्टमा सम्पन्न गरेको जनाएको छ ।

सस्थाका अध्यक्ष डम्बर दत्त भट्टको अध्यक्षता तथा नेफ्स्कून पुर्व कार्यकारी प्रमुख एवं सहकारी बिज्ञ कुबेर निरौलाको प्रशिक्षणमा दुई दिनसम्म संचालन भएको समिक्षा तथा गोष्ठीमा ४५ करोडको सम्पत्ति लाई आगामि बर्ष १ हजार ५ सयजना नया सदस्य आवद्ध गराई ६० करोडको सम्पत्ति पुर्याउने लक्ष्य राखिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रेम सिंह भाटले बताए।

सहकारी सस्थाका संचालक, लेखा समिति, धितो मूल्यांकन समिति, ऋण समितिकाका पदाधिकारी एव कर्मचारी सम्मलित थिए । गोष्ठिमा खराब ऋण असुलिका लागि कानुनि प्रयास, सम्पत्ति शुद्धिकरण ऐन कार्यान्वयन, सदस्यबाट नियमित बचत संकलन एवं बित्तीय साक्षरता र सहकारी शिक्षा सहित अन्तार्राष्टिय सहकारीका ७ वटा सिद्दान्त कार्यान्वयनक  लागि कार्यक्रम तयगरि अगाडी बढन लागेको सस्थाका उपाध्यक्ष पवनचन्द्र लेखकले बताए ।

चालु आर्थिक बर्षको निति योजना र कार्यक्रम तर्जुमाका लागि दुई दिनसम्म सन्चालन गरिएको कार्यशालामा जोखिम ब्यबस्थापन  अन्तर सहकारि सम्बन्ध लाई अझ सुदृढ गरि सामुहिक शिक्षा, समुहिक तालिम , सबै सहकारीका सन्चालक , कर्मचारी हरुका लागि सहभागीता मुलक लागतमा सन्चालन गर्ने योजना रहेको सस्थाकी प्रवन्धक  बबिता चन्दको भनाइ छ।

यसपटकको समिक्षा बिशेष छ, हामीले सहकारी भित्र संचालकका लागि, कर्मचारीका लागि, शेयर सदस्यका लागि हुनेगरी आचारसंहिता समेत निर्माण गरिएको छ । यसैगरी  ७ किमि भित्रका सबै सेवाकेन्द्र लाई एकीकृत गर्दै सदस्यहरुकाई घर दैलोमानै सेवादिन फिल्ड कर्मचारी लाई अझ बढी जिम्मेवार बनाउने र ऋणका लागि मात्र सदस्यले सस्थामा आउनु पर्ने गरी सेवा दिने तयारी रहेको प्रमुख कार्यकारी अधिकृत भाटले बताए ।



Leave a comment