चमेली कल्याणकारी साकोसको समिक्षा गोष्ठी सम्पन्न

चमेली कल्याणकारी साकोसको समिक्षा गोष्ठी सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । भक्तपुर विरुवामा रहेको चमेली कल्याणकारी वचत तथा ऋण सहकारी संस्थाले गत अवको कार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले आव २०८२ / ०८३ वार्षिक कार्यक्रम कार्यान्वयन तथा वित्तीय उपलब्धिको समीक्षा गरेको हो ।

साथै संस्थाले आव २०८३ / ८४ को प्रस्तावित वार्षिक कार्यक्रम कार्यान्वयन प्रस्तावित बजेटलगायत विषयमा शनिवार छलफल गरेको जनाएको छ । कार्यक्रम संस्थाका सचिव प्रकाश न्यौपानेले र बजेटको कार्यान्वयन र आगामी आवको प्रस्तावित बजेट कोषाध्यक्ष नवराज घिमिरेले प्रस्तुत गरेका थिए ।

आगामी आवका कार्यक्रम यसको सफल कार्यान्वयन र उपलब्धि हासिल गर्न, सदस्य मैत्री गतिविधि संचालन, दक्षता अभिबृद्धी, क्षमता विकास, सुशासन, ऐन नियमको परिपालना, उच्चतम् प्रविधिको उपयोग गरी सेवा संचालन गर्ने संस्थाले जनाएको छ।



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000