काठमाडौं । भक्तपुरको सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवसको अवसरमा सदस्यलाई सम्मान गरेको छ । संस्थाको १८ स्थापना दिवसको अवसरमा उत्कृष्ट सदस्य, सास्कृतिक सम्मान, संस्थापक अध्यक्ष तथा जेष्ठ सदस्यलाई सम्मान गरेको हो ।
संस्थाले बचतकर्ता सदस्य १ जना, उत्कृष्ट ऋणी सदस्य १ जना, उत्कृष्ट कारोवारी सदस्य १ जना, जेष्ठ नागरिक सदस्य १ जनालाई सम्मान गरेको हो । त्यसैगरी सास्कृतिक सम्मान अन्तरगत संस्थापक अध्यक्ष स्व लक्ष्मी भक्त लाखे स्मृती सम्मान १ जनाको नाम पनि घोषणा गरिएको थियो ।
संस्थाका अध्यक्ष राजेश श्रेष्ठको सभापतित्व तथा नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष हरिकृष्ण बलको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपाध्यक्ष इन्द्रकृष्ण श्रेष्ठले स्वागत मन्तब्य तथा कोषाध्यक्ष हिरामान शंखदेवले संस्थाको आर्थिक गतिविधि प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका विभिन्न संचालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न समिति उपसमिति, कर्मचारीको उपस्थित रहेको थियो । कार्यक्रम संस्थाका सचिव सोहन कायष्थले संचालन गरेका थिए ।
Leave a comment