हाइलाइट

शुभकामना साकोसको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

शुभकामना साकोसको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । भक्तपुरको शुभकामना बचत तथा ऋण सहकारी संस्थाको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । संस्थाले आव २०८२ / ०८३ को वार्षिक समिक्षा तथा आगामी वर्षको अनुमानित बजेट कार्ययोजना कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष रामप्रसाद कासुलाले संस्थाको समग्र विकासका लागि संस्थाका समिति उपसमिति, कर्मचारी र सदस्यहरुको भूमिका महत्वपूर्ण हुने बताए । उनले  सदस्य सेवा विस्तार, प्रभावकारी ऋण लगानी र असुली कार्ययोजना, खराब कर्जा, तरलता व्यवस्थापन, सदस्य केन्द्रीत सेवा, नयाँ सेवा, प्रविधि, शिक्षा तथा तालिम जस्ता विषयहरुलाई ध्यानमा राखेर आगामी वर्षको कार्ययोजना तयार गरिएको जानकारी दिए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष निर्मला सुवालले गत वर्षको लागि लिइएको वित्तीय लक्ष्यमा ९५ प्रतिशत प्रगति भएको जानकारी गराइन् । उनले संस्थाको वासलात १ अर्ब ९५ करोड पुगेको प्रगति प्रतिवेदन पेश गरेकी थिइन् । साथै आगामी वर्षको वित्तिय लक्ष्यबारे समेत गोष्ठीमा  छलफल गरिएको थियो ।

संस्थाका सचिव पुष्पलाल तिमिलाले गत वर्ष सम्पन्न भएका कार्यक्रमहरुबारे जानकारी गराउँदै आगामी वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यस्तै गरी प्रमुख कार्यकारी अधिकृत रेश्मी श्रेष्ठले संस्थाको ‘सट एनालाइसिस’ गर्दै  आगामी वर्षको लागि रणनीतिक कार्ययोजना प्रस्तुत गरेकी थिइन् ।



Leave a comment