हाइलाइट

जिल्ला सहकारी संघ काभ्रेको आगामी आवका लागि नीति कार्यक्रम तयार  

जिल्ला सहकारी संघ काभ्रेको आगामी आवका लागि नीति कार्यक्रम तयार   :: Sahakari Akhabar

काठमाडौं । जिल्ला सहकारी संघ काभ्रेले गतबर्षको समीक्षा तथा आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम तयार गरेको छ। संघले आर्थिक वर्ष २०८२ / ८३ मा सम्पादन गरेका गतिविधिको समीक्षा गर्दै आगामी आर्थिक वर्ष २०८३ / ८४ का लागि नीति कार्यक्रम, कार्ययोजना तथा बजेट सार्वजनिक गरेको हो ।

संघले आगामी वर्ष संस्थागत सुदृढीकरणसँगै प्रविधिको प्रयोग, सदस्य व्यवस्थापन, तालिम तथा क्षमता विकास र उत्पादन तथा बजारीकरणलाई प्राथमिकतामा राख्ने जनाएको छ।

साउन २३ गते शनिबार सम्पन्न कार्यक्रममा आर्थिक वर्ष २०८२ / ८३ को वार्षिक कार्यसम्पादनको समीक्षा तथा आगामी वर्षको कार्यदिशा प्रस्तुत गरिएको जनाएको छ ।

संघका अध्यक्ष अमन पोटे श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले गत आर्थिक वर्षमा संघबाट सम्पन्न कार्यक्रम तथा गतिविधिको समीक्षा प्रस्तुत गरेका थिए ।

समीक्षाका क्रममा संघले निर्धारण गरेका लक्ष्य तथा कार्यक्रमको कार्यान्वयनमा शतप्रतिशत उपलब्धि हासिल भएको जानकारी गराइएको थियो ।

कार्यक्रममा आगामी आर्थिक वर्षका लागि सदस्य संस्थाहरूको अद्यावधिक विवरण संकलन तथा व्यवस्थापन गर्ने, बचत तथा ऋण कारोबारलाई थप व्यवस्थित बनाउने, संस्थागत कार्यमा डिजिटाइजेशनलाई प्राथमिकता दिने तथा संघलाई तालिम तथा क्षमता विकासको हबका रूपमा विकास गर्ने योजना प्रस्तुत गरिएको जनाइएको छ ।

उत्पादन प्रवद्र्धन तथा बजारीकरणमा सहकारी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउने कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको छ। कार्यक्रमको उद्घाटन संघका अध्यक्ष अमन पोटे श्रेष्ठ र सल्लाहकार कमलप्रसाद कुईकेलले गरेका थिए ।

संघका सचिव प्रकाश बञ्जाराले सञ्चालन गरेको कार्यक्रम उपाध्यक्ष शान्ति लामा तामाङले स्वागत मन्तव्य व्रखेकी थिइन् । प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि सहभागीहरूले जिज्ञासा तथा सुझाव राखेका थिए ।

सहभागीका जिज्ञासामाथि अध्यक्ष श्रेष्ठ, सचिव बञ्जारा तथा कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले सहजीकरण गरेका थिए ।कार्यक्रममा संघका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, विभिन्न उपसमितिका सदस्य तथा कर्मचारी गरी ४२ जनाको सहभागिता रहेको थियो ।

संघले आगामी आर्थिक वर्षमा सदस्य संस्थासँगको समन्वयलाई थप प्रभावकारी बनाउँदै प्रविधिमैत्री सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा सहकारी क्षेत्रको उत्पादन र बजारसँगको सम्बन्ध विस्तारमा केन्द्रित हुने जनाएको छ।



Leave a comment