काठमाडौं । इटहरी सुनसरीको किसान कल्याण बचत तथ ऋण सहकारी संस्थाले सदस्यलाई सहकारी शिक्षा प्रदान गरेको छ । साउन २१ गते बिहिबार अनिता चापागाईको अध्यक्षता तथा सेवाकेन्द्र व्यवस्थापन उपसमिति सदस्य राजेशकुमार पौडेलको उपस्थितिमा सदस्य शिक्षा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सेवाकेन्द्र प्रमुख राधिका गौतम तथा व्यवसाय विभाग प्रमुख गुणराज धमलाले सहजीकरण गरेका थिए । सदस्य शिक्षा कार्यक्रममा २५ जना सदस्यहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहकारीको सिद्धान्त तथा मूल्य मान्यता, नियमित, क्रमिक, बाल तथा स्वेच्छिक बचत लगायत विभिन्न बचत योजनाहरूको जानकारी दिइएको थियो ।
त्यसैगरी मोबाइल बैंकिङ तथा एटीएम सेवाको प्रभावकारी उपयोग, धितो ऋण तथा जमानत बचतको ब्याजदर सम्बन्धी जानकारी, राहत सेवाका विशेषताहरू तथा सदस्यले प्राप्त गर्ने सुविधाहरूका बारेमा जानकारी दिइएको संस्थाले जनाएको छ ।
त्यसैगरी शेयर वृद्धि गर्ने प्रक्रिया र यसको महत्व, केवाइम अद्यावधिक सम्बन्धी जानकारी, सहकारीका अन्य सेवा, सुविधा तथा सदस्यका अधिकार एवं दायित्व विषयमा छलफल भएको जनाइएको छ । कार्यक्रममा संसारी टोल विकास संस्थाका अध्यक्ष दिपक बस्नेत तथा हरियाली टोल विकास संस्थाका उपाध्यक्ष कृष्ण कार्कीलगायतको उपस्थिति रहेको थियो ।
Leave a comment