बागमती प्रदेश सहकारी संघले सहकारीका महिला ब्यवस्थापकलाई निशुल्क तालिम दिने

बागमती प्रदेश सहकारी संघले सहकारीका महिला ब्यवस्थापकलाई निशुल्क तालिम दिने :: Sahakari Akhabar

काठमाडौं । बागमती प्रदेश सहकारी संघले सहकारीका महिला ब्यवस्थापकलाई निशुल्क तालिम दिनेभएको छ । संघले तालिममा सहभागिताको लागि दर्ता खुल्ला गर्दै सूचना जारी गरेको हो । संघ र बागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयको संयुक्त आयोजनामा तालिम हुनलागेको जनाएको छ।

संघले गुगल फर्ममार्फत आवेदन दिनसकिने जनाएको छ । प्रदेशका सहकारी संस्थामा कार्यरत महिला व्यवस्थापकहरुलाई सहकारी कानुन, वित्तीय व्यवस्थापन तथा कोपोमिस तालिम प्रदान गरिनलागिएको जनाएको छ। तालिमको मिति, समय र स्थानको पछि जानकारी गराउने भएपनि साउनको अन्तिम सातादेखि भदौं पहिलो साता भित्र काठमाडौं, काभ्रे र चितवनमा आवसिय तालिम गरिने जनाएको छ ।



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000