काठमाडौं । शन्तिनगरमा रहेको बाबियाखर्क बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई तीर्थयात्रा गराएको छ । संस्थाले साउन १४ गते बिहिबारका दिन संस्थाका दानपुण्य बचतमा आवद्ध सदस्यहरुको लागि तीर्थयात्रा गराएको हो ।
संस्थाले सदस्यलाई गौखुरेश्वर, धनेश्वर, डोलेश्वर, दत्तात्रय र पशुपतिनाथ तीर्थयात्रा गराएको छ । सहभागी सदस्यहरुको स्व–लागत सहभागीतामा आयोजित तीर्थयात्रामा ७२ जनाको सहभागीता रहेको संस्थाका ब्यवस्थापक बलदेव पौडेलले जानकारी दिएका छन् ।
Leave a comment