हाइलाइट

बागमती प्रदेश सहकारी संघद्धारा सहकारीका महिला व्यवस्थापकलाई तालिम 

बागमती प्रदेश सहकारी संघद्धारा सहकारीका महिला व्यवस्थापकलाई तालिम  :: Sahakari Akhabar

काठमाडौं । बागमती प्रदेश सहकारी संघको आयोजना र प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयको साझेदारीमा सहकारीका महिला व्यवस्थापकहरुलाई तालिम सम्पन्न भएको छ । असोज ३ गते धुलिखेलमा सम्पन्न तालिममा कानुन, वित्तीय व्यवस्थापन तथा कोपोमिस तालिम प्रदान गरिएको थियो ।

असोज २ र ३ गते सञ्चालन भएको तालिमको उद्घाटन सत्रमा संघका कोषाध्यक्ष शम्भुलाल श्रेष्ठको अध्यक्षता, व्यवस्थापक रुपक घिमिरेको सञ्चालन, बागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार प्रदिप राज पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

संघका सञ्चालक एवं शिक्षा तथा तालिम उप समितिका संयोजक मुकुन्द प्रसाद पौडेलले तालिममा उपस्थित सम्पूर्ण महिला व्यवस्थापकहरुलाई स्वागत मन्तव्य राखेका थिए ।

सहकारी प्रशिक्षक कुमार खत्री, सहकारी रजिष्ट्रार प्रदिप राज पौडेल, रामप्रसाद गजुरेल र सीए टिकाराम कार्कीले २ देखि ३ गतेसम्म तालिम प्रदान गरेका थिए ।

दुईवटा समूहमा विभाजित सहभागीहरुलाई सहकारीको वर्तमान कानुनी र नियामकीय व्यवस्था, सहकारीको लेखा परिक्षक नियुक्तिको कानुनी प्रकृया र लेखा परीक्षणको तरिका तथा वित्तीय व्यवस्थापनलगायतका विषयमा सहजिकरण गरेका थिए ।

बागमती प्रदेशका ७ वटा जिल्लाबाट ४० जना महिला व्यवस्थापकहरुलाई संघका महासचिव एवं प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य नेत्रराज पौडेलले प्रमाणपत्र बितरण गरेका थिए ।

कार्यक्रममा प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयका शाखा अधिकृत रामप्रसाद गजुरेल र अनिता पोखरेल, लेखा प्रमुख नारायण प्रसाद खनाल, वरिष्ठ सीए टिकाराम कार्की र वरिष्ठ सहकारी प्रशिक्षक कुमार खत्रीको आतिथ्यता रहेको थियो भने कार्यक्रम व्यवस्थापक रुपक घिमिरेले सञ्चालन गरेका थिए ।



Leave a comment