हाइलाइट

ज्ञानज्योती महिलाउत्थान साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न

ज्ञानज्योती महिलाउत्थान साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । शंखमुलमा रहेको ज्ञानज्योती महिला उत्थान बचत तथा ऋण सहकारी संस्थाको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । असोज ३ गते संस्थाका अध्यक्ष विना बुद्धाचार्यको अध्यक्षतामा सभा सम्पन्न भएको हो।

संस्थाले संस्थाका ज्येष्ठ शेयर सदस्य कृष्णप्रसाई, संस्थापक अध्यक्ष बममाई लामाको आतिथ्यतामा सभा सम्पन्न गरेको जनाएको छ । सभामा सहयोगी संस्थाहरुका साथै शेयर सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा ज्येष्ठ शेयर सदस्य, बाल सदस्य, असली ऋणी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कारोबार बचतकर्ता  र  २०८३ सालमा प्लसटु उतिर्ण भएका शेयर सदस्य र शेयर सदस्यहरुका छोराछोरीहरुलाई सम्मान गरेको थियो ।



Leave a comment