काठमाडाैं । सूर्यविनायक भक्तपुरमा रहेको श्री बाराही बचत तथा ऋण सहकारी संस्थाले स्थनपना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत । मानव जीवन बचाउने पवित्र उद्देश्यका साथ साउन २ गते शनिवार संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा संस्थाका सञ्चालक समिति, उपसमिति, कर्मचारी, सदस्य तथा स्थानीय समुदायका व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा रक्तदाताहरूले स्वेच्छिक रूपमा रक्तदान गरी सामाजिक सेवाप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका उपाअध्यक्ष बलराम प्रजापति र व्यवस्थापक शिवजी हाकुदुवालले रक्तदान जीवनदान भएकाले यस्ता मानवीय तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई संस्थाले हरेक वर्ष गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताए ।
सहकारी संस्था केवल वित्तीय कारोबारमा मात्र सीमित नरही समाजप्रति उत्तरदायी संस्थाका रूपमा स्वास्थ्य, शिक्षा, वातावरण तथा सामाजिक सेवाका विविध कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिएका छन् । रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ४८ जना रक्तदाताले रक्तदान गरेका थिए ।
Leave a comment