हाइलाइट

किसान साकोसको स्थापना दिवसमा सामुहिक धान रोपाइदेखि विद्यार्थीलाई शैक्षिक सामाग्री वितरणसम्म

किसान साकोसको स्थापना दिवसमा सामुहिक धान रोपाइदेखि विद्यार्थीलाई शैक्षिक सामाग्री वितरणसम्म :: Sahakari Akhabar

काठमाडौं । गैंडाकोट नवलपरासीमा रहेको किसान बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसको अवसरमा विविध कार्यक्रम गरेको छ । संस्थाले असार १२ गतेदेखि १५गतेसम्म विभिन्न कार्यक्रम गरी ३१औं स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसको अवसरमा असार १२ गते साबिक गैंडाकोट अन्तर्गतका ८ वटा विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत ६० जना विद्यार्थीहरुलाई AI & Robotics सम्बन्धी तालीम प्रदान गरेको थियो । त्यसैगरी असार १३ गते कार्यक्षेत्र भित्रका २४ वटा सार्वजनिक स्थलहरुको एकैपटक सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

त्यसैगरी असार १४ गते सामुहिक धान रोपाई कार्यक्रम तथा ट्राफिक सचेतना सम्बन्धी जानकारीमुलक अडियो भिजुअल सामाग्री प्रकाशन एवं प्रसारण गरेको छ । त्यसैगरी असार १५ गते विभिन्न २५ वटा विद्यालयका ५१ जना विपन्न एवं जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको थियो भने विगतमा विभिन्न जिम्मेवारीमा रहेर योगदान गर्नुहुने व्यक्तित्वहरुलाई सम्मान समेत गरेको छ।

यसै अवसरमा संस्थाको प्रवर्धनात्मक सामाग्री तयार गर्नुहुने बाल बचतकर्ता, सदस्य र कर्मचारीलाई समेत सम्मान गरेको थियो । कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समितिी, सल्लाहकार तथा विभिन्न उपसमितिहरु, पूर्व उपसमिति र ब्यवस्थापनका कर्मचारीलगायतको सहभागिता रहेको जनाइएको छ ।



Leave a comment