हाइलाइट

सगुन साकोसद्धारा वातावरण दिवसको अवसरमा वृक्षारोपण तथा विद्यालयमा डष्टविन वितरण

सगुन साकोसद्धारा वातावरण दिवसको अवसरमा वृक्षारोपण तथा विद्यालयमा डष्टविन वितरण :: Sahakari Akhabar

काठमाडौं । हरिवनको सर्लाहीमा मुख्य कार्यालय रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम गरेको छ । संस्थाले  वातावरण जोगाउन पर्यावरणलाई सुरक्षित पार्दै पृथ्वीलाई हरियाली बनाउन हरिवन ४ पटौना स्थिति गणेस्थान मन्दिर परिसरमा ५० थान पुष्प तथा अन्य बनस्पतिको वृक्षारोपण कार्य गरेको हो ।

संस्थाका अध्यक्ष केशवप्रसाद ढकालको अध्यक्षता रहेको कार्यक्रमको हरिवन नगरपालिका वडा नं ४ का वडाध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि केशवराज थापाले मन्दिर परिसरमा वृक्षारोपण गरी कार्यक्रमको उद्घघाटन गरेका थिए । संस्थाको संचालक, लेखा सुपरीवेक्षण समिति, उपसमति सदस्यहरु, मन्दिर ब्यस्थापनको अध्यक्ष समाजसेबी  र व्यवस्थापन लगायतले गुलमोहर, तेजपत्ता, मलेसियन सालको ५० बोट विरुवा रोपेको जनाइएको छ ।

संस्थाले सामुदायिक  उत्तरदायित्व वहन गर्दै वातावरणलाई जोगाउन वृक्षारोपण कार्यक्रम गरिएको जनाएको छ । संस्थाले हरेका अन्तराष्ट्रिय वातावरण दिवसको आवसमा यस्ता कार्यक्रमहरु गर्दै आईरहेको जनाइएको छ ।

साथै यसै अवसरमा हरिवन नगरभरि संचालनमा रहेका प्रावि तथा आधारभूत विद्यालयहरुलाई ३३ थान डष्टविन वितरण समेत गरेको छ । संस्थाका उपाध्यक्ष राजकुमार उप्रेतीले कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए भने संस्थाका प्रवन्धक रविन्द्र रानाले कार्यक्रम संचालन गरेका थिए ।



Leave a comment