हाइलाइट

भक्तपुर जिल्ला बचत संघद्धारा एकदिने कोपोमिस तालिम 

भक्तपुर जिल्ला बचत संघद्धारा एकदिने कोपोमिस तालिम  :: Sahakari Akhabar

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले एकदिने ‘कोपोमिस तालिम प्रदान गरेको छ । संघको अन्तरलगानी तथा वित्तीय प्रवद्र्धन उपसमितिको आयोजनामा एकदिने ‘कोपोमिस तालिम’ गरेको हो ।

भक्तपुरको क्लब बागमतीमा जेठ २४ गते आयोजित तालिममा सहकारीहरूको नियामक प्रणाली कोपोमिसको व्यावहारिक प्रयोग, डिजिटल प्रणालीबारे विस्तृत छलफल भएको जनाइउको छ । तालिममा कोपोमिस प्रणालीमा सूचना र तथ्याङ्क अद्यावधिक नगरे सहकारीहरूले करचुक्ता प्रमाणपत्र र दृष्टि बन्धक रोक्का सुविधा समेत नपाउने विषयलाई मुख्य रूपमा उठाइएको छ ।

संघका उपाध्यक्ष जगनाथ प्रजापतिले तालिममा सिकेका प्राविधिक ज्ञानलाई आ–आफ्नो कार्यालयको दैनिक कार्य सम्पादनमा अनिवार्य उपयोग गर्न सुझाव दिएका थिए । उनले सहकारी अध्यादेशका कारण कर्मचारीहरूलाई कामगर्न गाह्रो भइरहेको अवस्थामा समसामयिक विषयको ज्ञान झन् आवश्यक हुने बताए । अध्यादेशले सहकारी संघहरुलाई कमजोर बनाउनु सहकारी संस्था र समग्र सहकारी अभियानलाई नै कमजोर बनाउने उनको भनाइ थियो ।

संघका कोषाध्यक्ष कृष्णश्वरी मचामसीले अहिलेको जटिल परिस्थितिमा सहकारी संस्थाहरू कानुन र प्रविधि दुवै कुरामा सचेत हुनुपर्ने बताइन् । संघले सधैं सहकारीहरूलाई विभिन्न नीति–नियमहरूको बारेमा जानकारी दिँदै आएको र यस तालिमले कोपोमिसबारे बुझ्न थप मद्दत पुर्याएको बताइन् ।

बचत संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले सहकारी क्षेत्रमा प्रविधिको महत्व बढ्दै गएको र संघले पनि कोपोमिस लगायतका विभिन्न प्राविधिक तालिम गर्दैआएको जानकारी दिए ।  हालै जारी गरिएको नयाँ अध्यादेशका कारण सहकारी क्षेत्रमा गम्भीर असर परेको भन्दै उनले भने, “अध्यादेशका कतिपय प्रावधानले गर्दा अहिले सहकारी संस्थाहरूलाई कमजोर बनाउने निश्चित छ।”

उनले कर्मचारीहरूलाई वर्तमान अध्यादेश र कानुनी व्यवस्थाबारे पूर्ण रूपमा जानकार रहन आग्रह गरे । तालिमका प्रशिक्षक सहकारी विभागका ई. प्रेमप्रसाद थारुले कोपोमिस जस्ता प्राविधिक प्रणालीहरू निरन्तर अभ्यास गरेरमात्र पोख्तहुन सकिने बताए ।

विस्तारै र नियमित रूपमा कार्य गर्दा प्रयोगात्मक कुराहरू सहजै सिक्दै जान सकिने उनको सुझाव थियो ।  तालिममा संघमा आबद्ध सहकारी संस्थाका व्यवस्थापक तथा कर्मचारीहरू गरी कुल ४३ जनाको सहभागिता रहेको थियो ।



Leave a comment