काठमाडौं । भक्तपुरमा रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसका खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाले २६ औं स्थापना दिवस तथा विश्व रक्तदाता दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
भक्तपुरको नासमनामा आयोजना गरेको रक्तदान कार्यक्रममा २६ जना स्वंयसेवी रक्तदाताले रक्तदान गरेको संस्थाले जनाएको छ । कार्यक्रममा संस्थाका सञ्चालक, विभिन्न उपसमिति, सदस्य र कर्मचारीको सहभागिता रहेको थियो ।
संस्थाले नेपाल रेडक्रस सोसाइटी भक्तपुरको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । ‘रक्तदान जीवनदान’ भन्ने मुल उदेश्यका साथ आयोजना गरिएको रक्तदानबाट बिरामीको उपचारको लागि आवश्यक पर्ने रगतको मागलाई केही मात्रामा भए पनि पुरा गर्न सहयोग पुग्ने विश्वास संस्थाको छ ।
संस्थाले रक्तदानको क्षेत्रमा सहयोग पुर्याउन रेडक्रस सोसाइटीसँग समेत मिलेर काम गर्दै आएको छ । संस्थाले स्थापना दिवसको अवसरमा सदस्य लक्षित विभिन्न कार्यक्रम सम्पन्न गरेको छ भने असल ऋणी सदस्यलाई सम्मान गर्ने कार्यक्रम रहेको संस्थाले जनाएको छ ।
Leave a comment