नेचुरल साकोसले वर्ष ८२मा ८०६ जना सदस्यलाई राहत बितरण

नेचुरल साकोसले वर्ष ८२मा ८०६ जना सदस्यलाई राहत बितरण :: Sahakari Akhabar

काठमाडौं । बौद्ध टुसालमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले वर्ष ०८२मा ८०६ जना सदस्यलाई राहत बितरण गरेको छ । संस्थाले वर्ष ०८२को चैतसम्म विभिन्न शिर्षकमा ८०६ सदस्यलाई राहत प्रदान गरेको हो । संस्थाले स्वास्थ्य उपचार सुविधा, सुरक्षित मातृत्व सेवा, सदस्य मृत्यु संस्कार राहत तथा जन्म संस्कार राहत गरी ८०६ जनालाई २१ लाख ८२ हजार ६५१ रुपैंयाँ बितरण गरेको जनाइएको छ।

संस्थाले स्वास्थ्य उपचार सुविधामा ३८५ जनालाई १६ लाख २३ हजार २५१ रुपैंयाँ, सुरक्षित मातृत्व सेवामा ५६ जनालाई २९ लाख ८ हजार रुपैंयाँ, मृत्यु संस्कार राहतमा १० जनालाई ८० हजार र जन्म संस्कार राहतमा ३५५ जनालाई १ लाख ८१ हजार ४ सयरुपैंयाँ प्रदान गरेको जनाएको छ।

राष्ट्रिय सहकारी नियमन प्राधिकरण र कर्जा सूचनाकेन्द्र दुबैको सदस्यता प्राप्त गरेको संस्थाको काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कार्यक्षेत्र रहेको छ । संस्थामा १५ हजार ३४० जना कूल सदस्य तथा १ हजार २७० जना ऋणी सदस्य रहेको छन् ।

संस्थाको २ अर्ब २२ करोड ३० लाख ४८ हजार ४२२ रुपैंयाँ ऋण लगानीमा रहेको जनाइएको छ । त्यसैगरी संस्थामा १६ करोड ५६ लाख ९७ हजार रुपैंयाँ शेयर पूँजी, १२ करोड ८० लाख ३ हजार ६९६ रुपैंयाँ जगेडा कोष र १३ करोड ३३ लाख २४ हजार ९७४ रुपैंयाँ अन्य कोष रहेको छ।

त्यसैगरी २ अर्ब ४१ करोड ४७ लाख ६६ हजार ३९६ रुपैंयाँ बचत रहेको संस्थाको कूल सम्पत्ति ३ अर्ब ३७ करोड १५ लाख ११ हजार ९०३ रुपैंयाँ र १२ करोड ९० लाख ४३ हजार ६१९ रुपैंयाँ संस्थागत पूँजी रहेको संस्थाका प्रवन्ध निर्देशक विकल्प पाठकले जानकारी दिए ।



Leave a comment