काठमाडौं । भक्तपुरको बिरुवामा रहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले सहकारी दिवसको अवसरमा सदस्यलाई झोल साबुन र फिनेल बनाउने तालिम प्रदान गरेको छ । ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा संस्थाको महिला उपसमिति र शिक्षा तालिम तथा सूचना उपसमितिको समन्वयमा सदस्यलाई तालिम प्रदान गरेको हो ।
संस्थाले चैत २२ र २३ गते दुई दिन सीप विकास तालिम अन्तर्गत झोल साबुन र फिनेल बनाउने तालिम दिएको हो । तालिममा ३५ जना महिला सदस्यहरूको सहभागिता रहेको संस्थाका ब्यवस्थापक सुदर्शन चौलागाईले जानकारी दिएका छन्।
संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट बचत ऋण कारोबारको संचालन इजाजतपत्र समेत प्राप्त गरिसकेको छ । संस्थामा ५ हजार १७७ जना सदस्य तथा १ हजार ४६ जना ऋणी सदस्य रहेका छन् ।
Leave a comment