काठमाडौं । दोलखाको चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । ‘उद्यमशिलता र पारदर्शिता, सहकारीको प्राथमिकता’ भन्ने नाराका साथ मनाईएको सहकारी दिवसको अवसरमा संस्थाले कार्यक्षेत्र भित्रपर्ने कालिञ्चोक गाउँपालीका वडा नं. ४ हिलेपानीको हिलेपानी संस्कृत माध्यामिक बिद्यालयमा स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।
स्वास्थ्य शिविरको लागि पशुपति चौलागाई स्मृति अस्पताल चरीकोटले प्राविधिक सहयोग तथा हिलेपानी संस्कृत माध्यामीक बिद्यालय र कालिञ्चोक गाउपालिका वडा नं. ४ को स्वास्थ्य चौकिबाट समेत सहयोग रहेको थियो । स्वास्थ्य शिविरमा स्त्रिरोग, बालरोग, दन्त, सुगर र प्रेसर परिक्षण तथा बिशेषज्ञ सेवा प्रदान गरीएको थियो ।
शिविर बिहान साढे ९ बजेबाट सुरु गरी बेलुका ५ बजेसम्म सञ्चालन भएको थियो । शिविरमा स्त्रिरोग सम्बन्धी ३० जना, दन्त रोग सम्बन्धी २८ जना, बालरोग सुगर प्रेसर सहित अन्य रोग सम्बन्धी १२१ जना गरी जम्मा १७९ जनाले परिक्षण सेवा लिएका थिए ।
उक्त परिक्षण सेवा लिने शेयर सदस्य, बालबचतकर्ता तथा सम्भावित शेयर सदस्य तथा बाल बचतकर्ताहरुलाई आवश्यकता बमोजिम औषधि समेत बितरण गरीएको संस्थाका प्रमुख कार्यकारी अधिकृत इश्वर न्यौपानेले जानकारी दिए । ग्रामिण भेगमा वित्तीय सेवा प्रवाह गर्नुपर्छ भन्ने मान्यताका साथ संस्थाले उक्त गाउँपालीका भित्र दुइवटा सेवाकेन्द्र सञ्चालन गरी आफ्ना शेयर सदस्यहरुलाई प्रविधि सहितको सेवा प्रवाह गर्दै आइरहेको छ।
ग्रामिण भेगमा स्वास्थ्य चेतना जगाउन, कार्यक्षेत्र भित्र बसोवास गर्ने शेयर सदस्य, बालबचतकर्ता तथा सम्भावित शेयर सदस्य तथा बालबचतकर्ताहरुको स्वास्थ्यको ख्याल गर्दै सहकारीको सातौ सिद्धान्त ‘समुदाय प्रति चासो’ लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न उक्त स्वास्थ्य शिविर राखीएको संस्थाले जनाएको छ । स्वास्थ्य शिविर कार्यक्रम संस्थाको अध्यक्ष कृष्णबहादुर गौतमको अध्यक्षता र कालिञ्चोक गाउँपालीका वडा नं. ४ का वडाअध्यक्ष दिपक खुलालको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो ।
Leave a comment