हाइलाइट

सहकारी दिवसको अवसरमा चन्द्रागिरि साकोसद्धारा सवारी भाडा डिजिटलाईजेसन

सहकारी दिवसको अवसरमा चन्द्रागिरि साकोसद्धारा सवारी भाडा डिजिटलाईजेसन :: Sahakari Akhabar

काठमाडौं । चन्द्रागिरि  बचत तथा ऋण सहकारी संस्थाले नेपालमा पहिलो पल्ट सार्वजनिक सवारी भाडा डिजिटलाईजेशन प्रकृया सुरुगरेको छ । ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा चन्द्रागिरि साकोस र फिनटेक ईन्टरनेशनल विच उक्त सेवा सञ्चालनको लागि  सहमति पत्रमा हस्ताक्षर भएको  हो ।

यस सेवा अन्तर्गत यात्रा कार्ड तथा फिनटेक मोबाईल एपको प्रयोग मार्फत सार्वजनिक यातायातको भाडा डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिने छ ।

यात्रुहरु बस उक्लँदा र ओर्लदा यात्रा कार्ड ट्याप वा मोबाईल एपको क्यु आर बसमा रहेको मेशिनमा स्क्यान गराई भाडा सहज तरिकाबाट भुक्तानी  गर्न सकिने संस्थाले जनाएको छ । यसको साथै यात्रा कार्ड युटिलिटी विल्सहरुको भुक्तानी गर्न समेत प्रयोग गर्न सकिने छ ।

फिन्टेक ईन्टरनेशल  प्रालिका प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठले यो सेवा नेपालमा पहिलो पल्ट चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि। बाट सुरु भएको  जानकारी दिए ।

चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठले चन्द्रागिरि साकोसका सदस्यहरुले यो सेवा मार्फत अब बस भाडामा २५ प्रतिशत सम्मको छुट प्राप्त  गर्न सक्ने जानकारी दिए ।



Leave a comment