हाइलाइट

काठमाडौं जिल्लास्तरिय बिचार गोष्ठी गर्दै जिल्ला सहकारी संघ

काठमाडौं जिल्लास्तरिय बिचार गोष्ठी गर्दै जिल्ला सहकारी संघ :: Sahakari Akhabar

काठमाडौं । जिल्ला सहकारी संघ काठमाडौंले राष्ट्रिय सहकारी दिवसको अवसरमा बृहत अन्तरक्रिया गोष्ठी आयोजना गरेको छ । संघले यही चैत २० गते ‘सहकारीमा बचत फिर्ता तथा ऋण असुली र व्यवस्थापनका व्यवहारिक समाधान’ विषयमा अन्तरक्रिया गोष्ठी आयोजना गरेको हो ।

६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा काठमाडौं महानगरपालिकाको सहकारी विभाग र जिल्ला सहकारी संघ काठमाडौंले संयुक्त आयोजना गरेको काठमाडौं जिल्लास्तरीय वृहत विचार गोष्ठीमा सहकारी प्रशिक्षण केन्द्रका प्राचार्य बिष्णु पौडेलको कार्यपत्र प्रस्तुती हुनेछ भने विषय विज्ञहरुले बिचार राख्ने संघका अध्यक्ष सुमन केसीले जानकारी दिए । कार्यक्रम अनुपम फूडल्याण्ड बत्तिसपुतली काठमाडौंमा दिउसो १ बजेदेखि सुरु हुने उनले जनाए ।



Leave a comment