हाइलाइट

सिन्धुपालचोकमा प्रथम सहकारी सम्मेलन हुने, अनलाइन नामदर्ता गर्नसकिने 

सिन्धुपालचोकमा प्रथम सहकारी सम्मेलन हुने, अनलाइन नामदर्ता गर्नसकिने  :: Sahakari Akhabar

काठमाडौं । जिल्ला सहकारी संघ सिन्धुपालचोकले पहिलो पटक सहकारी सम्मेलन गर्नेभएको छ । सहकारी दिवसको अवसरमा संघले चैत २० गते ‘प्रथम जिल्ला सहकारी सम्मेलन २०८२’ गर्नेभएको हो । संघका अध्यक्ष दिपक विक्रम थापाले सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापकलाई लक्षित गरी सम्मेलन गर्न लागेको जानकारी दिए ।

चैत्र २० गते सिन्धु विच रिसोर्ट, सुकुटेमा आयोजना गर्न लागिएको सम्मेलनमा सहभागिताका लागि अनलनाइन मार्फत नाम दर्ता गर्नसकिने ब्यवस्था मिलाएको अध्यक्ष थापाले जनाए । उनले जिल्लाभरका सहकारी संघ संस्थाका अध्यक्ष र व्यवस्थापकलाई सक्रिय सहभागिता जनाउन पनि उनले आग्रह गरे । सम्मेलनमा सहभागी हुनको लागि चैत्र १८ गते बुधबारसम्म नाम दर्ता गरिसक्नु पर्ने छ। सहभागिताको लागि ३ हजार शुल्क निर्धारण गरिएको छ।

सम्मेलनमा जिल्लामा रहेका सहकारी संस्थाको अवस्थाको बारेमा सामुहिक छलफल गरी आगामी कार्यदिशा तय गर्ने अध्यक्ष थापाले जानकारी दिए । त्यसका साथै जिल्लाका १२ वटै पालिकाका सहकारी शाखा प्रमुखहरुलाई समेत सम्मलेनमा उपस्थिति गराई पालिकाहरुले  सहकारीको विकास र प्रवर्दनमा  खेल्दैआएको भूमिका विषयमा जानकारी लिइने छ।

जिल्लास्तरका विषयगत संघ, प्रारम्भिक सहकारी  र स्थानीय तहबिच एउटै छानामुनि छलफल गरी सामुहिक साझा धारणा विकास गर्न सम्मलेन फलदायी हुने संघको विश्वास छ । सम्मेलनमा स्थानीय तह र सहकारी संघ संस्थासँग छुट्टै छलफल गरिने व्यवस्था समेत मिलाइएको छ । यो सम्मेलनले जिल्लाको सहकारी अभियानको उन्न्नयको लागि ढोको खोल्ने आशा गरिएको छ।

जिल्लाभर रहेका ६ वटा विभिन्न विषयगत संघका प्रतिनिधि समेत सम्मेलनमा सहभागी हुने र संघहरुले गर्ने गतिविधिको बारेमा जानकारी दिनुका साथै संघहरुले खेल्नुपर्ने भूमिकाका विषयमा सदस्य संस्थाबाट फिड व्यापक लिई अगाडि बढ्ने संघले जनाएको छ ।

परिवर्तित अवस्थामा जिल्लाको सहकारी अभियानलाई व्यवस्थित रुपमा कसरी अगाडि बढाउने भन्ने विषयमा समेत सहभागीहरुलाई जानकारी दिइने छ । त्यसका साथै सहकारी संघ संस्थाले पालना गर्नुपर्ने ऐन नियम र मापदण्डका साथै सुधारका लागि चाल्नुपर्ने कदमका बारेमा समेत सम्मेलनमा छलफल हुनेछ ।

प्रारम्भिक सहकारी संस्थाले दिएको सल्लाह सुझावको आधारमा जिल्लाको अभियानलाई समन्वत्यामक ढंगले बढाउने विषयमा सम्मेलन केन्द्रीत हुनेछ । त्यसैगरी जिल्लामा रहेका सहकारी संस्थाले गरेका असल अभ्यासलाई आदान प्रदान गर्ने र संस्थाहरुमा अनुशरण गर्ने विषयमा पनि सम्मलेनमा प्रस्तुतिकरण गरिने छ ।

राष्ट्रिय सहकारी महासंघले तय गरेको ‘उद्यमशीलता र पारदर्शिताः सहकारीको प्राथमिता’ भन्ने थिमलाई आत्मसात गर्दै सहकारीमार्फत जिल्लामा  रोजगारी सृजना र उद्यमशीलता विकासका लागि खेल्नसक्ने भूमिका विषयमा पनि छलफल गरिनेछ ।

सहकारी संस्थाहरुमा वित्तीय पारदर्शिता कायम गरी सदस्यको बचतलाई सुरक्षित रुपमा परिचालन गरी रोजगारी सृजना र गरिबी न्युनिकरणमा समेत टेवा पु¥याउने उद्देश्य सम्मेलनको रहेको छ । विगतमा निस्कृय जस्तै रहेको जिल्ला संघमा अध्यक्ष थापाको नेतृत्व आएसँगै विभिन्न क्रियाकलाप हुँदैआएको छ।



Leave a comment