काठमाडौं । जिल्ला सहकारी संघ ललितपुरमा जगतलाल महर्जनको अध्यक्षतामा नयाँ संचालक समिति निर्वाचित भएका छन् । संघको आइतबार सम्पन्न सभाले अध्यक्षमा महर्जनलाई निर्वाचित गरेको हो । उनले अध्यक्षका प्रत्यासी केदार गोर्खालीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
त्यसैगरी संघको संचालक समितिको उपाध्यक्षमा शशी खड्का, सचीवमा अनिल वीर बज्राचार्य, कोषाध्यक्ष पुरूषोत्तम बजगाई निर्वाचित भएका छन् । त्यसैगरी समितिको संचालक सदस्यमा सविना तण्डुकार, इन्द्रकुमारी शाक्य, राम गोविन्द महर्जन, उपेन्द्र अवाले र दिपेन्द्र रमण डंगोल निर्वाचित भएका हुन् । संघको लेखा सुपरीवेक्षण समिति संयोजकमा प्रह्लाद विष्ट र सदस्यमा ठक्कर घिमिरे निर्वाचित भएका छन ।
Leave a comment