हाइलाइट

हाम्रो मध्यवर्ती साकोसको २० औं स्थापना दिवस सम्पन्न 

हाम्रो मध्यवर्ती साकोसको २० औं स्थापना दिवस सम्पन्न  :: Sahakari Akhabar

काठमाडौं । ठाकुरबाबा १ भुरी गाउँ बर्दियामा मुख्य कार्यालय रहेको हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाले २० औं स्थापना दिवस कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका सबै सेवाकेन्द्रहरुका साथै मुख्य कार्यलयमा विविध कार्यक्रम गरी दिवस सम्पन्न गरेको हो ।

सथापना दिवसको अवसरमा संस्थाले विभिन्न विधामा उत्कृष्ट सदस्यहरुलाई नगद सहित सम्मान गरेको छ । संस्थाको प्रोत्साहन निर्देशिका बमोजिम साधारण सभाबाट निणर्य भएका विभिन्न विधाका उत्कृष्ट सदस्यहरुलाई नगद सहित सम्मान गरेको संस्थाका अध्यक्ष दुर्गा सापकोटाले जनाए ।

कार्यक्रममा २०८३ सालको भित्ते पात्रो समेत विमोचन गरिएको जनाइएको छ । २०६३ सालमा स्थापना भएको यस संस्थामा हाल महिला ९ हजार पुरुष ६ हजार ५ सय नाबालाक ३ हजार ५ सय र अन्य एकसय सदस्य रहेका छन् । संस्थामा ३ हजार ३ सय ऋणी सदस्य रहेका छन् ।

संस्थामा ७ करोड ५५ लाख सेयर पूँजी, जगेडा कोषमा ३ करोड ५५ लाख र १० लाख ४५ लाख अन्य कोषमा रहेको छ । ५० करोड बचत र ४७ लाख ऋण लगानी गरेको जनाएको छ । संस्थासंग पछिल्लो समय ६४ करोडको कूल सम्पति रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर थापाले जानकारी दिएका छन् ।



Leave a comment