हाइलाइट

पाँच बुँदे संकल्प पत्र जारी गर्दै लेखा समितिको गोष्ठी सम्पन्न

पाँच बुँदे संकल्प पत्र जारी गर्दै लेखा समितिको गोष्ठी सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले आयोजना गरेको दुईदिने लेखा सुपरिवेक्षण समितिको गोष्ठिी पाँँच बुँदे संकल्प पत्र जारी गर्दै सम्पन्न भएको छ । भक्तपुरको नगरकोटमा चैत १३ र १४ गते भएको गोष्ठीमा साकोसहरुको वृद्धि विकास गरि संस्थालाई सुशासनयुक्त संचालन गर्न पाँच बुँदे संकल्प पत्र जारी गरेको हो ।

गोष्ठीले जारीगरेको उक्त घोषणा पत्र, जिल्ला बचत संघमा आबद्ध सम्पूर्ण सहकारी संस्थाहरुमा लागु गर्नका लागि सहभागी संस्थाहरुले प्रतिवद्धता व्यक्त गरेका छन।

जारी संकल्प पत्रः

१) सहकारीमा समस्या सिर्जना हुनबाट सजग हुनका लागि नियमनबाट नभई आफैंबाट आफ्ना सदस्यको हित र संरक्षणका लागि हो भन्ने दिव्य मान्यताको अनुशरण गर्दै लेखा सुपरिवेक्षण समितिले आफ्नो भूमिका निर्वाह गर्न तत्पर छौं ।
२) सहकारी संस्थाको विकास तथा दिगोपन, सदस्यको समृद्धि, सहकारी प्रतिको जन विश्वास अभिवृद्धि  एवम् कानुनी जवाफदेहितालाई सवल आन्तरिक नियन्त्रण प्रणालीबाट कार्यान्वयन गर्ने संकल्प गर्दछौं ।
३) संस्थाको वित्तीय लगायत अन्य जोखिमको पहिचान र व्यवस्थापन गरी संस्थाको वित्तिय स्वस्थता कायम गर्न पल्र्स सहितका अन्य अनुगमन प्रणालीको प्रभावकारी कार्यान्वयन प्रति प्रतिवद्ध छौं ।  
४) सहकारी संस्थाको सञ्चालन¸व्यवस्थापन तथा नियमनका लागि जारी भएका ऐन, नियम तथा निर्देशिकाको पूर्ण अनुपालना गर्दै सहकारीको मूल्य र सिद्धान्त अनुरुपको संस्था वनाउन प्रतिवद्ध छौं ।
५) लेखा सुुपरिवेक्षण समितिले निष्पक्ष र कानूनसम्मत रुपमा पेश गर्नुपर्ने प्रतिवेदन समिति स्वयमले तयार गरी पेश गर्ने पद्धती पूर्ण कार्यान्वयन गर्ने प्रतिज्ञा गर्दछौं ।



Leave a comment