हाइलाइट

ज्योति मिर्मिरे सामूहिक साकोसको वार्षिक उत्सवमा सदस्यलाई सम्मान

ज्योति मिर्मिरे सामूहिक साकोसको वार्षिक उत्सवमा सदस्यलाई सम्मान :: Sahakari Akhabar

काठमाडौं । काभ्रेपलाञ्चोकको पनौतीमा रहेको ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्थाको २७ औं वार्षिक उत्सवमा सदस्यलाई सम्मान गरेको छ । संस्थाको सम्पन्न बार्षिकोत्सव कार्यक्रममा संस्थाका जेष्ठ तथा अपाङ्गतालगायतका ६१७ जनालाई सम्मान गरेको हो ।

संस्थाले उत्कृष्ट कारोबार गर्ने सदस्यहरू, उत्कृष्ट विद्यार्थीहरू र लक्ष्यमा अब्बल सेवाकेन्द्रलाई सम्मान गरेको छ । कार्यक्रममा उत्कृष्ट कर्मचारीका रुपमा बनेपा सेवाकेन्द्रका कर्मचारी सुदिप तिमल्सिना लाई सम्मान गरेको थियो ।

संस्थाका अध्यक्ष उद्धव सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष  कान्छीमैया थापाले स्वागत मन्तव्य राखेकी थिइन भने प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले कार्यक्रम सञ्चालन गरेका थिए । अध्यक्ष सापकोटाले कार्यक्रममा संस्थाले हालसम्म गरेको उपलब्धि, वर्तमान अवस्था तथा आगामी योजनाबारे जानकारी गराएको थिए ।

त्यसैगरी प्रमुख कार्यकारी अधिकृत दाहालले सहकारी एकीकरण अभियान सुरुगर्दै ‘सदस्यलाई गर्भदेखि स्वर्गसम्मको सुविधा’ प्रदान गर्ने उद्देश्य लिएको र हालसम्म ऋण नतिरेकाका कारण कुनै पनि सदस्यको सम्पत्ति लिलाम गर्नु नपरेको बताए । संस्थाले ऋणी सदस्यहरूको ऋण बीमा निशुल्क गरिदिएको समेत उनले जनाए ।

सदस्यको निधन भएमा बाँकी ऋण बीमाबाट असुल हुने व्यवस्था भएकाले खराब कर्जा शून्य रहेको उनले बताए । संस्थामा २१ हजार ४६७ सदस्य र २ हजार १७४ बाल बचतकर्ता आवद्ध छन् । शेयर पूँजी १ अर्ब १४ करोड ५२ लाख ९ सय रुपैयाँ, कुल ऋण लगानी १ अर्ब २ करोड ४२ लाख ५२ हजार ९७३ रुपैयाँ र कुल निक्षेप १ अर्ब १४ करोड २९ लाख ५८ हजार ८१० रुपैयाँ रहेको छ।

त्यस्तै साधारण जगेडा कोष ८ करोड ८५ लाख ३६ हजार ४७२ रुपैयाँ तथा कुल सम्पत्ति १ अर्ब ४१ करोड ९२ लाख ३३ हजार ३५० रुपैयाँ पुगेको प्रमुख कार्यकारी अधिकृत दाहालले जानकारी दिए । ८ वटा सेवाकेन्द्र र ४३ जना कर्मचारीमार्फत सेवा दिइरहेको संस्थामा १५ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा समिति रहेको छ ।

बालबालिका, महिला, युवा तथा जेष्ठ नागरिक लक्षित विविध कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले उद्यमशीलता तालिम, लघुवित्त समूह सशक्तीकरण, स्वास्थ्य परीक्षण, रक्तदान कार्यक्रम गरिरहेको जनाए । संस्थाले वातावरण सरसफाइ, छात्रवृत्ति वितरण, मृत्युराहत, जटिल रोग उपचार सहयोग, दैवीप्रकोप राहत लगायतका सेवा प्रदान गर्दै आएको छ । स्थापना दिवसको अवसरमा संस्थाले  खुला रक्तदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा  करिब ७० जना सदस्यहरूको उपस्थिति रहेको जनाइएको छ ।



Leave a comment