हाइलाइट

किसान बहुउद्देश्यीय सहकारीद्धारा सदस्यलाई २ लाख बढी राहत

किसान बहुउद्देश्यीय सहकारीद्धारा सदस्यलाई २ लाख बढी राहत :: Sahakari Akhabar

काठमाडौं । लम्की कैलालीमा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यलाई   २ लाख बढी राहत प्रदान गरेको छ । संस्थाले सदस्यको मृत्युमा परिवारलाई उक्त राहत रकम प्रदान गरेको हो । सहकारी संस्थाको धनगढी शाखाको समुहमा सदस्य रहेकी आशा चौधरीको मृत्यु भएपछि संस्थाले परिवारलाई राहत बापत २ लाख २५  हजार ६ सय ९८  रुपैयाँ प्रदान गरेको छ।

संस्थाको सदस्य सुरक्षण कोष अन्तरगत मृतक सदस्यका पति पुनाराम चौधरीलाई उक्त रकम हस्तान्तरण गरेको हो । संस्थाका धनगढी शाखा प्रमुख विनोद मिजारको सभापतित्वमा बुधबार भएको श्रद्धाञ्जली तथा सुविधा वितरण कार्यक्रमको प्रमुख अतिथिमा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का वडा सदस्य माया भन्डारी रहेकी थिइन् ।

संस्थाले आफ्ना सदस्यहरूको सुरक्षण तथा हितका लागि विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ । कार्यक्रममा जलवायु परिर्वनले विश्व बातावरणमा पारेको प्रभावलाई ध्यानमा राखि मृतकको सम्झनामा उहाँहरूको घरआगनमा लिच्चीको बिरुवा समेत रोपिएको थियो ।



Leave a comment