हाइलाइट

पोखरा रोयल साकोसको विद्यार्थीहरुसँग अन्तरक्रिया कार्यक्रम

पोखरा रोयल साकोसको विद्यार्थीहरुसँग अन्तरक्रिया कार्यक्रम :: Sahakari Akhabar

काठमाडौं । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले ग्लोवल मनि विकको अवसरमा विद्यार्थीसंग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । संस्थाले पोखरा महानगरपालिका १२ माटेपानी स्थित इन्फोम्याटिक्स कलेजका स्नातक तहमा अध्ययनरत व्यवस्थापन संकायका विद्यार्थीहरुसँग छलफल र अन्तरक्रिया गरेको हो।

कार्यक्रममा विद्यार्थीहरुसंग वित्तिय साक्षरता, वित्तिय व्यवस्थापन र वित्तिय अनुशासन पालना सम्बन्धि विषयहरुमा छलफल गरिएको थियो । कार्यक्रममा संस्थाको बारेमा जानकारी गराउदै संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ्गले युवा अवस्थादेखि नै वित्तिय व्यवस्थापन र अनुशासनमा बस्न सकेमा वित्तिय वोझबाट मुक्त हुन सकिने बताए । संस्थाका सदस्य सेवा विभाग प्रमुख अभिषेक गुरुङ्गले वित्तीय साक्षरता विषयमा प्रशिक्षण  दिएका थिए ।

कार्यक्रममा इन्फोम्याटिक्स कलेजको व्यवस्थापन संकायका संयोजक अर्जुन सापकोटाले विद्यार्थीहरुलाई यस्ता कार्यक्रमले पाठ्यपुस्तक भन्दा बाहिरको ज्ञान हाशिल गर्न टेवा पुर्याउने र पोखरा रोयल सहकारीले  गर्ने यस्ता कार्यक्रमले विद्यार्थीहरु अझ लाभान्वित हुने बताए । वित्तिय साक्षरता र सचेतनाका विभिन्न गतिविधिहरु सहित सप्ताहभरि कार्यक्रम सञ्चालन गरिने संस्थाका सूचना अधिकारी मीलन ढकालले जानकारी दिएकाछन् ।
 



Leave a comment