हाइलाइट

झापाको स्वर्णलक्ष्मी साकोसलाई प्राधिकरणको संचालन इजाजतपत्र

झापाको स्वर्णलक्ष्मी साकोसलाई प्राधिकरणको संचालन इजाजतपत्र :: Sahakari Akhabar

काठमाडौं । झापाको दमकमा रहेको स्वर्यालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले संचालन इजाजतपत्र प्राप्त गरेको छ । संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट बचत तथा ऋणको कारोबार गर्नका लागि चैत २ गते संचालन इजाजतपत्र प्राप्त गरेको हो ।

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम संस्थाले संचालन इजाजतपत्र प्राप्त गरेको हो । संस्थाले प्राप्त गरेको इजाजतपत्र नं २०६६–००९१० रहेको छ । संस्था प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय सुनसरीमा दर्ता रहेको छ ।

संस्थाको झापा जिल्लाभरी र मोरङ जिल्लाको उर्लाबारी नगरपालिका १ वडादेखि ९ वडासम्म पथरीशनिश्चरे नगरपालिकाको वडा १ देखि ३ सम्म र ५ देखि ७ सम्म तथा सुनवर्षी नगरपालिकाको १ देखि ४ सम्म र वडा ६ त्यसैगरी रतुवामाई नगरपालिकाको ५ नं वडा कार्यक्षेत्र रहेको छ ।

प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुको दर्ता, अभिलेखीकरण गर्न गत मंसिर १० गतेबाट अनलाइन पोर्टलमार्फत सुरु गरेको थियो । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सम्पूर्ण सहकारीले प्राधिकरणबाट अनुमतिपत्र लिनुपर्ने कानुनी व्यवस्था छ ।

संचालन अनुमतिपत्रका लागि प्राधिकरणको अनलाईन मार्फत अभिलेखिकरण गर्नुपर्ने हुन्छ । प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरणकालागि यही चैत १७ गतेसम्म समय थपगरेको छ ।



Leave a comment