काठमाडौं । भक्तपुरको बिरुवामा रहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले संचालन इजाजतपत्र प्राप्त गरेको छ । संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट बचत तथा ऋणको कारोबार गर्नका लागि फागुन २९ गते संचालन इजाजतपत्र प्राप्त गरेको हो ।
बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम संस्थाले संचालन इजाजतपत्र प्राप्त गरेको हो । संस्थाले प्राप्त गरेको इजाजतपत्र नं २०५९–००६८४ रहेको छ । जिल्ला सहकारी कार्यालय भक्तपुरमा दर्ता रहेको यस संस्थाको कार्यक्षेत्र सूर्यविनायक नगरपालिका भरी रहेको छ ।
कूल ५ हजार १७७ जाना सदस्य तथा १ हजार ४६ जना ऋणी सदस्य रहेको संस्थाको ६ करोड ६६ लाख ४३ हजार रुपैंयाँ सेयर पूँजी रहेको छ । संस्थाको जगेडा कोषमा ९ करोड ५१ लाख ८२ हजार रुपैंयाँ तथा १ करोड १० लाख ५९ हजार रुपैंयाँ अन्य कोषमा रहेको छ ।
७९ करोड ८३ लाख १ हजार रुपैंयाँ बचत रहेको संस्थाले ६८ करोड ७९ लाख ६९ हजार रुपैंयाँ ऋण लगानीमा रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत सुदर्शन चौलागाईले जनाएका छन् । त्यसैगरी संस्थाको १ अर्ब ३ करोड ६९ लाख ५८ हजार ३८४ रुपैंयाँ कूल सम्पति रहेको जनाइएको छ ।
प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुको दर्ता, अभिलेखीकरण गर्न गत मंसिर १० गतेबाट अनलाइन पोर्टलमार्फत सुरु गरेको थियो । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सम्पूर्ण सहकारीले प्राधिकरणबाट अनुमतिपत्र लिनुपर्ने कानुनी व्यवस्था छ ।
संचालन अनुमतिपत्रका लागि प्राधिकरणको अनलाईन मार्फत अभिलेखिकरण गर्नुपर्ने हुन्छ । प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरणकालागि यही चैत १७ गतेसम्म समय थपगरेको छ ।
Leave a comment