लक्ष्मी महिला साकोसद्धारा ८ जना बटुकहरूको सामूहिक ब्रतबन्ध

लक्ष्मी महिला साकोसद्धारा ८ जना बटुकहरूको सामूहिक ब्रतबन्ध :: Sahakari Akhabar

काठमाडौं । काभ्रेमा रहेको लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले ८ जना बटुकहरूको सामूहिक ब्रतबन्ध गराएको छ । संस्थाको वार्षिक कार्ययोजना अनुसार ८ जना बटुकहरूको सामूहिक ब्रतबन्ध धुलिखेलको भैरब मन्दिरमा सम्पन्न गरेको हो । सामूहिक ब्रतबन्ध कार्यक्रम संस्थाका बाल उपसमिति संयोजक रिता नरालको संयोजकत्वमा सम्पन्न भएको हो ।

कार्यक्रमको व्यवस्थापन उपसमिति सदस्यहरू विणा श्रेष्ठ र सुनिता श्रेष्ठ तथा कर्मचारी धुलिखेल सेवाकेन्द्र प्रमुख प्रतिमा तिमल्सिनाले गरेका थिए । वर्तमान अवस्थामा विभिन्न जात–धर्मअनुसार गरिने संस्कार तथा कर्मकाण्डहरूलाई मितव्ययी ढंगबाट कम खर्चमा पनि सम्पन्न गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश प्रवाह गर्न यो कार्य गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझीले बताए ।

अनावश्यक खर्च कटौती गर्दै त्यसबाट बचत हुने पूँजीलाई आगामी दिनमा बालबालिकाको भविष्य निर्माणमा लगानी गर्न सकिन्छ भन्ने सोचको विकास गराउनु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको उनले बताए । संस्था राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट इजाजतपत्र प्राप्त गरैसँगै कर्जा सूचना केन्द्रमा समेत आवद्ध भएको छ ।



Leave a comment