ब्राइट साकोसले पायो संचालन इजाजतपत्र

ब्राइट साकोसले पायो संचालन इजाजतपत्र :: Sahakari Akhabar

काठमाडौं । बागबजार काठमाडौंमा रहेको ब्राइट बचत तथा ऋण सहकारी संस्थाले सहकारी नियमन प्राधिकरणबाट संचालन इजाजतपत्र प्राप्त गरेको छ । संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट बचत तथा ऋणको कारोबार गर्नका लागि फागुन ११ गते इजाजतपत्र प्राप्त गरेको हो ।

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम संस्थाले संचालन इजाजतपत्र प्राप्त गरेको हो । संस्थाले प्राप्त गरेको इजाजतपत्र नं २०५६–००३४१ रहेको छ । सहकारी विभाग काठमाडौंमा दर्ता रहेको उक्त संस्थाको कार्यक्षेत्र काठमाडौं जिल्लाभर रहेको छ। संस्थामा १ हजार १५४ जम्मा सदस्य तथा १२९ जना ऋणी सदस्य रहेका छन् ।

सहकारी नियमन प्राधिकरणले बचत ऋणको मुख्य कारोबार गर्ने संस्थालाइ मंसिर १० गतेदेखि अभिलेखिकरण गर्नसुरु गरेको हो । प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुको दर्ता, अभिलेखीकरणका लागि चैत १७ गतेसम्मको समय थप गरेको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सम्पूर्ण सहकारीले प्राधिकरणबाट अनुमतिपत्र लिनुपर्ने कानुनी व्यवस्था छ ।

प्राधिकरणमा ४ हजार १२९ संस्थाले संचालन इजाजतका लागि आवेदन दिएका छन् । त्यसैगरी ३ हजार ४८८ संस्थाको रुजु गर्ने काम भइरहेको र ४ सय संस्थाको पहिलो चरणको काम सकिएको र अहिलेसम्म ६६० संस्थाले इजाजत प्रमाणपत्र प्राप्त गरेको प्राधिकरणका उपनिर्देशक मुकेश कर्णले जानकारी दिए ।



Leave a comment