जिल्ला बचत सङ्घ सुनसरीद्धारा गोएमएल तथा सम्पत्ति शुद्धीकरण विषयमा गोष्ठी 

जिल्ला बचत सङ्घ सुनसरीद्धारा गोएमएल तथा सम्पत्ति शुद्धीकरण विषयमा गोष्ठी  :: Sahakari Akhabar

काठमाडौं । जिल्ला बचत तथा ऋण सहकारी सङ्घ सुनसरीले सहकारीमा गोएमएल तथा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी एकदिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । सहकारी बैङ्कको प्राविधिक सहयोगमा सम्पन्न गोष्ठीको बैङ्कका सदस्य सेवा महाशाखाका सहायक अधिकृत मनोज लामिछानेले गरेका थिए ।

३६ वटा सदस्य संस्थाका अध्यक्ष, व्यवस्थापक तथा कर्मचारीहरु सहभागी रहेको गोष्ठीमा सङ्घकी अध्यक्ष गोमाकुमारी गिरी खड्काले प्रमाणपत्र बितरण गरेकी थिइन । उनले सहकारीमा शिक्षा, तालिम तथा गोष्ठी मार्फत सङ्घको दायित्व पुरा गरेको बताइन । उनले गोष्ठीबाट प्राप्त ज्ञान र सीप आआफ्नो संस्थामा कार्यान्वयन गरी जोखिम रहित र दिगो साकोस निर्माणमा लाग्न आग्रह गरिन ।

अध्यक्ष गिरीले सङ्घका नियमित शिक्षा तालिममा सहभागी भएर सुनसरीको साकोस अभियानलाई नमुना बनाउन सबैको सहयोग तथा भूमिकाका लागि आव्हान समेत गरिन । गोष्ठीका प्रमुख अतिथि तथा सङ्घका पूर्व अध्यक्ष रुद्र उप्रेतीले साकोस अभियानमा नीति विधि र प्रविधिको प्रयोगमा एकरुपता मार्फत सङ्घले साकोसमा स्थापित गर्न खोजेको सुशासनको प्रयासको सह्रानिय रहेको बताए ।



Leave a comment