काठमाडौं । दोधारा चाँदनीमा रहेको निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यको परिवारलाई विमा बापतको साढे २० लाख भुक्तानी गरेको छ । संस्थाले सदस्य ज्ञानबहादुर सुनारको मृत्युमा उनकी श्रीमति हरिकला देवि सुनारलाई उक्त रकम हस्तान्तरण गरेको हो । रकम हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष डम्बर दत्त भट्ट तथा दोधारा चाँदनी नगरपालिका प्रमुख किशोर लिम्बु सुब्बाले चेक हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा वडा अध्यक्ष ज्ञानेन्द्रबहादुर बहक, सदस्य, सन्दिप उपाध्याय, राष्ट्रिय सहकारी बैंकका शाखा प्रबन्धक प्रकाश सिंह कार्की, आईएमई प्रबन्ध कृष्ण मुरारी चटौल, सहकारीका संचालक गणेश प्रसाद भट्ट, नन्दराम भाट, प्रमुख कार्यकारी अधिकृत प्रेमसिंह भाट, प्रबन्धक बविता चन्दको सहभागिता रहेको थियो ।
संस्थाकी प्रबन्धक चन्दले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि लिम्बुले निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाले विमा कम्पनीको साझेदारीमा भरेको ऋणको म्यादी विमाको आवश्यकता र औचित्य वृद्धि हुदै गएको बताए । उनले यस घटनाले सदस्यहरुको वृहत्तर हितका लागि निङ्गलाशैनी सहकारीले दोधारा चादनीमा गरेको कार्यको सराहना गरे ।
नगर प्रमुख सुब्बाले निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाले यस नगरपालिकामा गर्ने वित्तिय साक्षरता र सहकारी शिक्षामा दोधारा चादनी नगरपालिका बाट हुनसक्ने सहयोग समेत गर्ने प्रतिवद्धता ब्यत्तल गरे । सदस्य स्व. ज्ञानबहादुर तामाङ्गले निङ्गलाशैनी सहकारीबाट २० लाख ऋण लिएका थिए ।
ऋण लिएको पाँच महिनामा उनको मृत्य भएकोले संस्थाले आईएमई विमा कम्पनीले सहकारी मार्फत २० लाख तथा कृया खर्चबापत ५० हजार हस्तान्त्रण गरेको थियो । ऋण विमाले कम्पनी, सहकारी संस्था र सदस्य सबैको जोखिम न्यूनीकरण भएको संस्थाका भट्टले बताए ।
Leave a comment