जेष्ट आइडियोलोजि साकोसले पायो संचालन इजाजतपत्र

जेष्ट आइडियोलोजि साकोसले पायो संचालन इजाजतपत्र :: Sahakari Akhabar

काठमाडौं । महालक्ष्मी कम्प्लेक्स खिचापोखरी काठमाडौंमा मुख्य कार्यालय रहेको जेष्ट आइडियोलोजि बचत तथा ऋण सहकारी संस्थाले सहकारी नियमन प्राधिकरणबाट संचालन इजाजतपत्र प्राप्त गरेको छ । संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट बचत तथा ऋणको कारोबार गर्नका लागि फागुन १० गते इजाजतपत्र प्राप्त गरेको हो ।

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम संस्थाले संचालन इजाजतपत्र प्राप्त गरेको हो । संस्थाले प्राप्त गरेको इजाजतपत्र नं २०६६–०४४६५ रहेको छ । सहकारी प्रशिक्षण तथा तथा डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता रहेको उक्त संस्थाको कार्यक्षेत्र काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाभरी रहेको छ।

संस्थाका काठमाडौमा मैतिदेवी तथा काडाघारीमा सेवाकेन्द्र रहेका छन् । बचत ऋणको मुख्य कारोबार गर्ने संस्थालाई सहकारी नियमन प्राधिकरणले अभिलेखिकरणकालागि गत मंसिर १० गतेदेखि सुरु गरेको हो । फागुन ११ गतेसम्म प्राधिकरणमा ४ हजार १२९ संस्थाले मात्र आवेदन दिएका छन् ।

त्यसैगरी ३ हजार ४८८ संस्थाको रुजु गर्ने काम भइरहेको र ४ सय संस्थाको पहिलो चरणको काम सकिएको र अहिलेसम्म ६६० संस्थाले इजाजत प्रमाणपत्र प्राप्त गरेको प्राधिकरणका उपनिर्देशक मुकेश कर्णले जानकारी दिए । प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुको दर्ता, अभिलेखीकरण गर्ने फागुन ११ गतेसम्मको समयसिमा तोकेको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सम्पूर्ण सहकारीले प्राधिकरणबाट अनुमतिपत्र लिनुपर्ने कानुनी व्यवस्था छ।



Leave a comment