हाइलाइट

बिन्धवासिनी साकोले सदस्यलाई निशूल्क रगत उपलब्ध गराउन रेडक्रससंग सम्झौता

बिन्धवासिनी साकोले सदस्यलाई निशूल्क रगत उपलब्ध गराउन रेडक्रससंग सम्झौता :: Sahakari Akhabar

काठमाडौं । काभ्रेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ । संस्थाले ३३ औं स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखासंग सम्झौता गरेको हो ।

बिन्धवासिनी साकोसका अध्यक्ष शान्तकुमार श्रेष्ठ र रेडक्रस काभ्रेका सभापति देवेन्द्रप्रसाद भैलले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार रेडक्रसले बिन्धवासिनीका सदस्यहरुलाई अस्पताल भर्ना भइ रगतको आवश्यक परेमा प्रतिसदस्य दुईप्रिन्ट रगत निःशुल्क उपलब्ध गराउने । रगतबापत लाग्ने शुल्क विन्धवासिनीले साकोसले भुक्तानी दिनेछ ।

संस्थाले आफ्ना सदस्यलाई रक्तदानका लागि  समेत अभिप्रेरित गर्दै आएको छ । यस्तै विन्धवासिनीले हरेक सेवा केन्द्रमार्फत वर्षमा कम्तीमा ७ पटकसम्म रक्तदान कार्यक्रमको शिविर राख्नुपर्ने सम्झौतामा उल्लेख छ । संस्थामा ६० हजार १३१ सेयर सदस्य, १२ हजार ३५१ शैक्षिक बाल बचतकर्ता तथा ८ हजार ६७ जना ऋणी सदस्य रहेको जनाइएको छ ।

संस्थाले आर्थिक वर्ष ०८२ / ०८३को माघ महिनासम्म १ हजार ११७ जनाले विभिन्न शिर्षकमा ९६ लाख ७ हजार ३२६ रुपैंयाँ सुरक्षण सुविधा बापत निशूल्करुपमा बितरण गरिसकेको छ । संस्थामा सेयरपूँजी ५३ करोड ८४ लाख ९९ हजार ३ सय, जगेडा कोषमा ३९ करोड ६३ लाख ३६ हजार ५४१ र अन्य कोषमा २० करोड ५१ लाख ४४ हजार ८०६ रुपैंयाँ रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केबी लामाले जानकारी दिएका छन् ।

संस्थाले ४ अर्ब १८ करोड २ लाख ३५ हजार ९६१ रुपैंयाँ बचत संकलान गरी ३ अर्ब ४८ करोड ८१ लाख ९४ हजार २७९ रुपैंयाँ ऋण लगानीमा रहेको जनाइएको छ । ३९ करोड ७४ लाख ८४हजार ४६४ रुपैंयाँ संस्थागत पूँजी रहेको संस्थाको कूल सम्पति ५ अर्ब ४६ करोड ४८ लाख ६४ हजार ६६५ रपैंयाँ रहेको जनाइएको छ।

यसैबिच संस्था स्थापनाको ३३ वर्ष प्रवेश गरेको छ । स्थापना दिवस कार्यक्रममा संस्थाका अध्यक्ष  श्रेष्ठको सभापतित्व र संस्थापक अध्यक्ष भरतप्रसाद शर्माको प्रमुख आतिथ्यता तथा निवर्तमान अध्यक्ष प्रदिप थापाको विशेष आतिथ्यता रहेको थियो ।



Leave a comment