काठमाडौं । मोरङ जिल्लाको रतुवामाई नगरपालिका वडा नं ६ मा रहेको सौँठा बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरण र कर्जा सूचनाकेन्द्रबाट सदस्यता प्राप्त गरेको छ। संस्था सौँठा साकोसले प्राधिकरणबाट पुष १७ गते इजाजतपत्र लिएको हो भने सूचना केन्द्रमा माघ १८ गते आवद्ध भएको हो।
संस्थाले प्राधिकरणबाट इजाजतपत्र नं २०६५–००१७२ प्राप्त गरेको छ । त्यसैगरी कर्जा सूचनाकेन्द्रबाट सिओपी १०७ दर्ता नं प्राप्त गरेको हो । डिभिजन सहकारी कार्यालय, मोरङमा दर्ता रहेको उक्त संस्थाको कार्यक्षेत्र मोरङ जिल्लाको रतुवामाई नगरपालिका वडा नं २ र ४ देखि ८ सम्म त्यसैगरी सुनवर्षि नगरपालिकाको वडा नं ६ रहेको छ।
प्राधिकरणबाट इजाजतपत्र लिएसँगै संस्था कर्जा सूचना केन्द्रमा समेत आवद्ध भएको हो । अन्य बैंक तथा वित्तीय संस्थाहरुले जस्तै संस्थालाई पनि कर्जा सूचना सम्बन्धी सबै सेवाहरु प्रदान गर्ने केन्द्रले जनाएको छ। २ हजार २८४ कूल सदस्य तथा ६८७ जना ऋणी सदस्य रहेको संस्थाको २ करोड ३८ लाख शेयर पूँजी रहेको छ।
१ करोड ७३ लाख जगेडा कोष, १ करोड ७७ लाख कुल संस्थागत पूँजी र १ करोड ११ लाख अन्य कोषमा रहेको छ। संस्थाले १८ करोड ३७ लाख बचत संकलन गरी १७ करोड २२ लाख ऋण लगानी गरेको संस्थाका व्यवस्थापक यादब बिष्टले जानकारी दिए । मोरङ जिल्लाको ग्रामिणक्षेत्रमा रहेको सो संस्थाको स्थापना २०६४ सालमा भएको हो । संस्थाले रासायनिक मलखादको समेत खरिद बिक्री कारोवार सञ्चालन गर्दै आईरहेको छ।
Leave a comment