हाइलाइट

श्री मनकामना साकोस प्राधिकरण र कर्जा सूचनाकेन्द्रमा आवद्ध

श्री मनकामना साकोस प्राधिकरण र कर्जा सूचनाकेन्द्रमा आवद्ध :: Sahakari Akhabar

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा मुख्य कार्यालय रहेको श्री मनकामना बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरण र कर्जा सूचनाकेन्द्रबाट सदस्यता प्राप्त गरेको छ । मनकामना साकोसले प्राधिकरणबाट पुष १९ गते इजाजतपत्र लिएको हो भने सूचना केन्द्रमा २५ गते आवद्ध भएको हो । संस्थाले प्राधिकरणबाट इजाजतपत्र नं २०५२–००५०० प्राप्त गरेको छ ।

त्यसैगरी कर्जा सूचनाकेन्द्रबाट सिओपी ९४ दर्ता नं प्राप्त गरेको हो । बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा दर्ता रहेको उक्त संस्थाको कार्यक्षेत्र काभ्रेपलाञ्चोक, भक्तपुर र काठमाडौं रहेको छ । प्राधिकरणबाट इजाजतपत्र लिएसँगै संस्था कर्जा सूचना केन्द्रमा समेत आवद्ध भएको हो।

अन्य बैंक तथा वित्तीय संस्थाहरुले जस्तै संस्थालाई पनि कर्जा सूचना सम्बन्धी सबै सेवाहरु प्रदान गर्ने केन्द्रले जनाएको छ । १० हजार ३१९ कूल सदस्य तथा २ हजार ८४ जना ऋणी सदस्य रहेको संस्थाको १६ करोड २३ लाख शेयर पूँजी रहेको छ ।

१२ करोड ३४ लाख जगेडा कोष, १४ करोड ६९ लाख कुल संस्थागत पूँजी र ३ करोड २९ लाख अन्य कोषमा रहेको छ । संस्थाले १ अर्ब ९४ करोड ६२ लाख बचत संकलन गरी १ अर्ब ७७ करोड १० लाख ऋण लगानी गरेको प्रमुख कार्यकारी अधिकृत सिताराम लिमल्सिनाले जानकारी दिए ।



Leave a comment