हाइलाइट

जेष्ट आइडियोलोजी साकोसको वार्षिकोत्सवमा विविध कार्यक्रम सम्पन्न

जेष्ट आइडियोलोजी साकोसको वार्षिकोत्सवमा विविध कार्यक्रम सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । जेष्ट आइडियोलोजी साकोसको १६ औं वार्षिकोत्सवको अवसरमा रक्तदान तथा स्वास्थ्य शिविर आयोजना गरेको छ । महालक्ष्मी कम्प्लेक्स, खिचापोखरी न्युरोडमा मुख्य कार्यालय रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रम गरी १६ औं वार्षिकोत्सव मनाएको छ ।

संस्थाले वार्षिकोत्सवको अवसरमा संकटा मन्दिर परिसरमा वृहत रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै स्वास्थ्य जाँच सेवा तथा आयुर्वेदिक उपचार परामर्श सेवा प्रदान गरेको छ । संस्थाले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४० जनाले रक्तदाताले रक्तदान गरेका थिए ।

विरामीको उपचारको लागि अत्यावश्यक पर्ने रगतको मागलाई केही मात्रामा भए पनि पुरा गर्ने उदेश्यले संस्थाले रक्तदान कार्यक्रम गरेको जनाएको छ । त्यसैगरी वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरबाट ११० जनाले स्वास्थ्य जाँच तथा आयुर्वेदिक परामर्श लिएका थिए ।

त्यसैगरी ६० जनाले दन्त परीक्षण गराएका थिए । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत चिरायु डेन्ट केयरसँगको समन्वयमा निःशुल्क दन्त शिविर र ओजस आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा निःशुल्क मधुमेह जाँच तथा आयुर्वेदिक उपचार परामर्श सेवा सञ्चालन गरेको थिया ।

संस्थाका अध्यक्ष हेमबहादुर कार्कीले २०६६ साल माघ २५ गते यस संस्थाको सुरुवात गरेको र सफलतापूर्वक १६ बर्ष पुरा गरेको बताए । ‘सामाजिक विकास र आर्थिक समृद्धिको लागि जेष्ट आइडियोलोजी साकोस’ भन्ने मूल नारालाई आत्मसात् गर्दै सदस्यहरूको बचतलाई सुरक्षित राख्ने तथा आवश्यकता अनुसार सहज  रुपमा कर्जा प्रवाह गरी उनीहरुको हरूको जीवनस्तर सुधारमा योगदान पुर्याउँदै आएको बताए ।

विगतको समीक्षा गर्दै वर्तमानलाई सुदृढ बनाइ भविष्यलाई सुनिश्चित गर्ने लक्ष्यअनुसार संस्थाले आफ्नो वित्तीय संरचना दरविलो बनाउँदै सदस्यहरूको विश्वासलाई अझ मजबुत बनाएको उल्लेख गरे । वर्तमान परिवेशमा सहकारी क्षेत्रमा देखिएका विविध उतारचढावका बीच पनि सदस्यहरूको अटुट माया, विश्वास र साथले संस्थाको आधार थप मजबुत बनेको संस्थाले जनाएको छ ।

आगामी दिनमा संस्थाको दीगो भविष्य सुनिश्चित गर्दै सदस्यहरूको हितलाई केन्द्रमा राखी अझ समर्पित भएर अघि बढ्ने प्रतिबद्धता समेत संस्थाले व्यक्त गरेको छ । कार्यक्रमको सञ्चालन संस्थाकी नायब प्रमुख कार्यकारी अधिकृत आरती श्रेष्ठले गरेकी थिइन् ।



Leave a comment