हाइलाइट

भक्तपुर जिल्ला बचत संघद्धारा अनुपालना अधिकारीको क्षमता विकास तालिम 

भक्तपुर जिल्ला बचत संघद्धारा अनुपालना अधिकारीको क्षमता विकास तालिम  :: Sahakari Akhabar

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले अनुपालना अधिकारीको क्षमता विकास तालिम सम्पन्न गरेको छ । संघको शिक्षा तथा संस्थागत विकास उपसमितिको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) को प्राविधिक सहयोगमा संघले एकदिने अनुपालना अधिकारीको क्षमता विकास तालिम सम्पन्न गरेको हो ।

तालिममा संघका अध्यक्ष हरिकृष्ण बल्लले सहकारीलाई जारी निर्देशनहरुको कार्यान्वयन तहसम्म पुग्न र पुर्याउन सहकारी अभियान र नियामक निकाय मिलेर अघि बढ्नुको बिकल्प नभएको बताए । सहकारीले गरेका सकारात्मक परिवर्तनलाई संस्थागत गरी सहकारी योगदानको लेखाजोखामा कमजोरीका कारण सहकारीप्रति गलत सन्देश फैलिरहेको बताए ।

उनले सहकारी संस्थामा ऐन, कानुन, विनियमको परिपालनालाई भन्दा पनि व्यवहारलाई प्राथमिकता दिदाँ समस्या बढेको बताए । उनले बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाहरु राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेखीकरण समयमै गर्न र सम्पत्ती शुद्धिकरण निवारणका व्यवस्थाहरु प्रभावकारी ढंगबाट पालना गर्न समेत अनुरोध गरे ।

संघका सचिव कान्छा भक्त घजुले सहभागीहरुलाई धन्यवाद दिदैं सहकारी अभियानको दिगो विकासका लागि सहकारी मैत्री ऐन नियमको पारिपालना गर्नुपर्ने बताए । संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोंजूले कार्यान्वयन अधिकारीलाई कार्यान्वयन अधिकारीको मात्र कार्य विवरण नदिईकन समग्र सहकारीकै कार्यविवरण समेटिँदा कार्यान्वयन अधिकारीको कार्य ओझेलमा पर्न गएको बताए ।

नेपाललाई ग्रे लिष्टबाट अपग्रेड गर्नको लागि सरकारले विभिन्न नीतिहरु अवलम्बन गर्दै आएको र त्यसको लागि हामीले पनि आफ्नो दायित्व पुरा गरी सहयोग गर्नुपर्ने विचार राखे । उनले सहकारीमा अनुपालना अधिकारीले मात्र सम्पत्ति शुद्धिकरण निवारणका बारेमा सुसूचित भएर पुग्दैन सहकारीका संचालक र सदस्यले पनि यस विषयमा तालिम लिनुपर्ने बताए । नेफ्स्कूनका कार्यक्रम अधिकृत शौभाग्य भट्टराईले सहजीकरण गरेको तालिममा संघमा आवद्ध संस्थाहरुमध्ये ४७ जना अनुपालक अधिकारीहरुको सहभागिता रहेको थियो ।



Leave a comment