हाइलाइट

उदयदेव सहकारी कर्जा सूचनाकेन्द्रमा आवद्ध, कसिलो र ओजिलो संस्थागत यात्रा सुरु

उदयदेव सहकारी कर्जा सूचनाकेन्द्रमा आवद्ध, कसिलो र ओजिलो संस्थागत यात्रा सुरु :: Sahakari Akhabar

काठमाडौं । महेन्द्रनगर कञ्चनपुरमा केन्द्रीय कार्यालय रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था कर्जा सूचनाकेन्द्रमा आवद्ध भएको छ । संस्थाको दर्ता नं सिपी ६७ को पत्र कर्जा सूचनाकेन्द्रले पठाएको छ । सहकारी नियमन प्राधिकरणबाट पौष २ गते संचालन इजाजतपत्र पाएको संस्थाले सूचनाकेन्द्रको पनि सदस्यता लिएको हो । दुवै संस्थामा आवद्ध भएर संस्थालाई नीति, विधि तथा नियममा संस्था संचालन गर्नु कसिलो र ओजिलो संस्थागत संरचना बन्नु भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेश चन्दको भनाइ छ।

ऋण लगेर समयमा नतिर्ने, आनाकानी गर्ने तथा ऋण हिसाब मिलान गर्न अनुरोध गर्दा गाली गलौज गर्दै धम्क्याउनुहुनेलाई कर्जा सूचनाकेन्द्रको कालोसूचिमा नाम समावेश गर्ने दिन आएको चन्दले बताए । ऋण लिई नियमित कारोबारमा समस्या परेमा सम्बन्धित कार्यालयमा पुगि ऋण व्यवस्थापनका लागि परामर्श लिई हिसाब मिलान एवं कारोबार अद्यावधिक गर्न उनले आग्रह समेत गरेका छन् ।

पटक पटक घरभेट, फोन सम्पर्क तथा पत्रमार्फत अनुरोध गर्दै आईरहेको र ऋण कारोबार निष्क्रिय भएका शेयर सदस्यलाई अझैपनि आफ्नो समस्या र भुक्तानीको प्रतिवद्धता सहित संस्थाको सम्वन्धित सेवाकेन्द्रमा गई परामर्श गर्न र वित्तीय अनुशासन कायम गर्नु उनले सदस्यलाई आग्रह गरे ।

उनले भने, ‘अबको कर्जा कारोबार गर्नुपर्दा कर्जा सूचनाकेन्द्रबाट अन्य बैंक वित्तीय संस्था र सहकारीमा भए गरेको कारोबारको अवस्था सम्वन्धी सूचना आदान प्रदान गरिने भएकाले आफ्नो र परिवारको कर्जा कारोबारलाई अनुशासित बनाउन आग्रह छ ।’

जमानी बसि अरुले लिएको ऋण कारोबार निस्क्रिय भएको अवस्थामा समेत कर्जा सूचना आदान प्रदान हुने र कालो सुचिमा समेत नाम समावेश हुने भएकाले सचेत रहन उनको अनुरोध छ । २६ हजार ७६७ कूल सदस्य तथा ८ हजार १२८ जना ऋणी सदस्य रहेको संस्थाको कञ्चनपुर, कैलाली, डढेलधुरा र बैतडी जिल्ला कार्यक्षेत्र रहेको छ । संस्थाको २ अर्ब १५ करोड ६६ लाख ६५ हजार बचत रहेको संस्थामा १ अर्ब ६५ करोड ९० लाख ४७ हजार ऋण लगानीमा रहेको छ।



Leave a comment