हाइलाइट

बागलुङको सिवाइसी साकोसले पायो संचालन इजाजतपत्र

बागलुङको सिवाइसी साकोसले पायो संचालन इजाजतपत्र :: Sahakari Akhabar

काठमाडौं । बागलुङको सिवाइसी बचत तथा ऋण सहकारी संस्थाले संचालन इजाजतपत्र प्राप्त गरेको छ । संस्थाले बचत तथा ऋणको कारोबार गर्नका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट १६ गते इजाजतपत्र प्राप्त गरेको हो ।

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम संस्थाले संचालन इजाजतपत्र प्राप्त गरेको हो । संस्थाले प्राप्त गरेको इजाजतपत्र नं २०६६–०१३२६ रहेको छ । सहकारी रजिष्ट्रार कार्यालय पोखरामा दर्ता रहेको उक्त संस्थाको कार्यक्षेत्र बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्ला रहेको छ।

प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुको दर्ता, अभिलेखीकरण गर्न मंसिर १० गतेबाट अनलाइन पोर्टलमार्फत सुरु गरेको हो । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सम्पूर्ण सहकारीले प्राधिकरणबाट अनुमतिपत्र लिनुपर्ने कानुनी व्यवस्था छ ।

संचालन अनुमतिपत्रका लागि प्राधिकरणको अनलाईन मार्फत अभिलेखिकरण गर्नुपर्ने हुन्छ । प्राधिकरणले असोज १० गते ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ (प्रथम संशोधन) जारी गरेको थियो । संस्था अभिलेखिकरणकालागि प्राधिकरणले ६० दिनको समय सिमा तोकेको थियो उक्त समय पुनः थप गरी माघ मसान्तसम्म पुर्याएको छ ।



Leave a comment