काठमाडौं । दोलखा जिल्लाको चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले भविश्यका संचालकको लागि तालिम दिएको छ । संस्थाले भविष्यमा सहकारीको नेतृत्व गर्न चाहने संस्थाका सदस्हरुकोलागि दुईदिने तालिम दिएको हो ।
बिगतका वर्षदेखि नै संस्थाले सञ्चालक समिति, लेखा समितिलगाएत बिभिन्न उपसमितिमा भविष्यमा नेतृत्व गर्न चाहने योग्यता पुरा भएका ईच्छुक शेयर सदस्यहरुलाई माघ १६ र १७ गते दुइदिन नेतृत्व पुर्व तालिम (फिट एण्ड प्रपर टेष्ट) दिएको हो । संस्थाले बिनियममा ब्यवस्था गरी संस्थाको निर्वाचन नियमावलीमा ब्यवस्था गरेर संस्थामा भविश्यमा नेतृत्वमा जाने आवश्यक योग्यता पुगेका शेयर सदस्यहरुलाई यो तालीमको ब्यवस्था गर्दै आएको थियो ।
नेपालमा यस्तो तालिमको सुरुवात मिलिजुली कालिञ्चोक साकोसले सुरु गरको, यो अन्य संस्थाहरुमा पनि उपयोगि हुने तथा राज्यको नियमनकारी निकाय राष्ट्र बैंक, राष्ट्रिय सहकारी नियमन प्राधिकरण, सहकारी बिभागले यस्तो तालीम सबै संस्थालाई अनिवार्य गर्नुपर्ने कुरा संस्थाका अध्यक्ष कृष्णबहादुर गौतमले बताए ।
संस्थाले आयोजना गरेको उक्त तालीमको उद्घाटन संस्थाका संस्थापक अध्यक्ष रामदास श्रेष्ठको प्रमुख आतित्थ्यतामा भएको थियो भने समापन कार्यक्रम बागमती प्रोस्कूनका बरिष्ठ उपाध्यक्ष जिवसराज खड्काको प्रमुख आतित्थ्यतामा भएको थियो ।
नेफ्स्कूनको प्राविधिक सहयोग रहेको तालीममा नेफ्स्कून तालिम केन्द्रका प्राचार्य बल्लभ तिमल्सिनाले सहजिकरण गरेका थिए । तालिममा पुरुष ३४ जना र महिला १९ जना गरी ५३ जनाको सहभागिता रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत इश्वर न्यौपानेले जानकारी दिए ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया