काठमाडौं । बागमती प्रदेश सहकारी संघले स्थानीय पालिकाको सहकारी शाखामा कार्यरत कर्मचारीका लागि तालिम आयोजना गरेको छ । बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहकार्यमा संघले तालिम आयोजना गरेको हो।
संघले आज पुष ३ गतेदेखि सुरु गरेको तालिम ५ गतेसम्पन्न हुने जनाएको छ । संघका अध्यक्ष रामशरण शर्माको अध्यक्षतामा भएको तालिमको बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले उद्धघाटन गरेका थिए ।
कार्यक्रम संघका सचिव देवराज न्यौपानेले संचालन तथा लेखा समिति संयोजक विकल्प पाठकले स्वागत मन्तब्य राखेका थिए। कार्यक्रममा प्रमुख सचिव अधिकारीले बागमती प्रदेशले सहकारी र यातायात क्षेत्रलाई सुब्यवस्थित गर्नसके प्रदेशको इमेज सुर्धने बताए।
उनले सहकारी क्षेत्र समस्याग्रस्त क्षेत्रका रुपमा रहेको बताए । सहकारीले छरिएर रहेको पूँजीलाई एकिकृत गर्ने, पूँजी परिचालन गर्नेलगायत आर्थिक क्षेत्रमा योगदान गरिरहेको कुरालाई पनि नकार्न नसकिने भन्दै यसलाई ब्यवस्थापन गर्न आवश्यक रहेको बताए ।
सहकारीमा सवै क्षेत्रका मानिसहरु जोडिएकोले उसको ब्यवस्थापनको विकल्प नरेको उनले बताए । त्यसकालागि तीनै तहका सरकारले यसलाई ब्यवस्थापन गर्ने विषयमा चिन्ता र चासो लिनुपर्ने उनको भनाइ थियो ।
संघका अध्यक्ष शर्माले स्थानीय तहमा सहकारी सरकारको प्राथमिकतामा पर्ननसकेको गुनाँसो गरे । उनले बागमती प्रदेशमा झण्डै ११ हजार सहकारी संघसंस्था रहेको र सहकारीका सम्भावना र सम्स्या दुवै यही प्रदेशमा धेरै भएपनि सहकारी प्रति सरकारको ध्यान कम गएकोले सरकारकै सहयोगमा यो तालिम आयोजना गरेको बताए ।
उनले तीनै तहको सरकारले सहकारीलाई प्राथमिकता दिएर अघि बढ्न सुझाव पनि दिए । कार्यक्रममा संघका ब्यवस्थापक रुपक घिमिरे, पूर्व सहकारी रजिष्ट्रार नारायण ज्ञवाली, सहकारी प्रशिक्षक कुमार खत्री, अनिलवीर बज्राचार्य र बागमती प्रदेश सहकारी रजिष्ट्रार प्रदिपराज पौडेलले सहजीकरण गर्ने जनाइएको छ।
तीनदिनको तालिममा सहकारीको अवधारणा र दर्शन, सहकारी दर्ता र अभिलेखिकरण, सहकारी कानुुन तथा नीतिगत ब्यवस्था, सुशासन र जोखिम न्यूनीकरण, प्रतिवेदन लेखन, सहकारी निरिक्षण, सम्पति सुद्धिकरण, नियमन सम्वन्धि अनुशिक्षणलागायतका विषयमा तालिम हुने जनाइएको छ । तालिममा बागमती प्रदेशका ३० वटा पालिकाका सहकारी शाखामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको छ ।
Leave a comment