काठमाडौं । वीरगञ्ज महानगरपालिका वडा नं ६ मा रहेको श्रीनिधि बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष प्रेम चुडामणि बज्राचार्यको सभापतित्वमा भएको सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको साधारणसभा सम्वन्धी निर्देशनको पूर्ण पालना गर्दै सम्पन्न भएको हो ।
सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत चन्देश्वर प्रसाद चौरसियाले वार्षिक प्रतिवेदन र नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले गत आर्थिक बर्षमा संस्थाको कुल कारोबार हाल ८८ करोड ८२ लाख पुगेको जानकारी दिए । त्यसैगरी संस्थाले गत असास मसान्तसम्म सेयर पुँजी ३ करोड ३१, लाख, बचत ७२ करोड ६३ लाख र विचिन्न कोषहरू ४ करोड ७२ लाख पुगेको जनाए ।
संस्थाको स्थिर सम्पत्ति ४ करोड ६९ लाख ४६ हजार रहेको जनाइएको छ भने, संस्थाको कार्यालय प्रयोजनको लागि आदेशनगर स्थित जग्गा खरिद गरिएको र उक्त जग्गामा चाँडै भवन निर्माण कार्य सुरु गर्ने प्रमुख कार्यकारी अधिकृत चौरसियाले बताए । संस्थाले मोबाइल बैकिङ्ग सेवा सुरु गरेको र उक्त एप्सको प्रयोगगरी टपअफ लगायत विभिन्न सेवाहरू लिनसकिने जनाए ।
सभामा कार्यक्रमको योगेश्वर प्रसाद चौरसियाले स्वागत मन्तव्य राखेका थिए । त्यसैगरी सचिव निर्मला देवी चौरसिया, कोषाध्यक्ष ओम प्रकाश कलवार, संस्थाका अधिकृत महेशकुमार सहनी हिरालाल चौरसिया, बिमल सिमरिया, मधु चौधरी, कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख जिष्णु बराल, विभिन्न सहकारी संस्थाका सञ्चालकहरू प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सभामा सदस्यहरुलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया