हाइलाइट

सबैको साकोसले पायो संचालन इजाजतपत्र

सबैको साकोसले पायो संचालन इजाजतपत्र :: Sahakari Akhabar

काठमाडौं । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका ५मा रहेको सबैको बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट संचालन इजाजतपत्र प्राप्त गरको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम उक्त संस्थाले ‘सहकारी संस्था सञ्चालन इजाजतपत्र’ प्राप्त गरेको हो ।

बचत तथा ऋणको मुख्य कारोबार गर्नकालागि संस्थाले इजाजतपत्र नं २०५१–००१९८ प्राप्त गरेको छ । बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, ओमसतिया गाउँपालिका र सिद्धार्थनगर नगरपालिका कार्यक्षेत्र रहेको संस्थाले यही पुष २४ गते इजाजतपत्र प्राप्त गरेको हो ।

संस्थामा ८ हजार २२१ जना जम्मा सदस्य तथा २ हजार २२ जना ऋणी सदस्य रहेका छन् । संस्थामा सेयर पूँजी १० करोड ५४ लाख ५७ हजार, ३ करोड ९६ लाख ३७ हजार जेगेडा कोष तथा ४ करोड ८४ लाख ८२ हजार अन्य कोषमा रहेको छ।

त्यसैगरी संस्थाले मंसिर मसान्तसम्म १ शर्ब ८ करोड ९६ लाख बचत संकलन गरी ९९ करोड १७ लाख ऋण लगानीमा रहेको जनाएको छ । ४ करोड १७ लाख ५१ हजार संस्थागत पूँजी रहेको संस्थाको १ अर्ब ३१ करोड ७५ लाख १९ हजार कूल सम्पत्ति रहेको जनाइएको छ ।



Leave a comment