हाइलाइट

चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीमा नयाँ संचालक समिति चयन

चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीमा नयाँ संचालक समिति चयन :: Sahakari Akhabar

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं २ मा रहेको  चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थामा नयाँ संचालक समिति चयन भएको छ । संस्थाको २७ औँ वार्षिक साधारण सभा तथा २८ औं वार्षिकोत्सव कार्यक्रमले नयाँ संचालक समिति चयन गरेको हो ।

सभाले संस्थाको अध्यक्षमा सिता भण्डारी पौडेल तथा उपाध्यक्षमा मीनबहादुर बानियाँ, सचिव ज्ञानेन्द्र (आदेश) गौतम र कोषाध्यक्षमा राधिका कार्कीलाई चयन गरेको हो । त्यसैगरी संचालक सदस्यहरूमा मदन (राजन) बस्नेत, प्रभाकुमरी घिमिरे, सुनिता निरौला, शुशिला शर्मा ठाकुर, शुशीलाकुमारी प्रधान, निता खतिवडा दाहाल र भगवती कार्कीलाई चयन गरेको हो ।

त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा ज्ञानबहादुर पाण्डे तथा सदस्यमा शुष्मा हमाल र सम्झाश्वरी राई चयन भएका छन् । कार्यक्रममा अध्यक्ष पौडेलले सहकारीको आर्थिक बर्ष २०८१ / ०८२ को वार्षिक प्रगति विवरण प्रतिवेदन तथा आर्थिक वर्ष २०८२ / ०८३ कोलागि प्रस्ताबित कार्ययोजना प्रस्तुत गरेकी थिइन ।

लेखा सुपरिवेक्षण समिति संयोजक नरकुमार राईले लेखा सुपरिवेक्षण समितिको सुझाव सहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थामा ६ हजार २ सय ८२ जना शेयर सदस्य रहेका छन् । त्यसैगरी शेयर पूँजी ८ करोड ९६ लाख ४७ हजार ३  सय पुगेको छ भने बचत निक्षेप ६० करोड ३३ लाख ६२ हजार  पुगेको जनाइएको छ । चालु आर्थिक वर्षमा कुल ८८ करोड ४५ लाख  बचत संकलन तथा ८३ करोड ५२ लाख ८३ हजार  भुक्तानी भएको सभामा जानकारी दिइयो ।

संस्थाको वार्षिक प्रतिवेदन अनुसार कर्जा लगानी ३७ करोड २५ लाख ६ हजार गरी संस्थाले ४० करोड ७९ लाख  कर्जा असुली गरेको छ । संस्थाले चालु आर्थिक बर्षमा २० करोड ८८ लाख ६१ हजार  कुल आम्दानि तथा १८ करोड ७५ लाख ८७ हजार खर्च भई २ करोड १२ लाख ७३ हजार रहेकोमा आयकर ऐन अनुसार १० प्रतिशत आयकार व्यवस्था गरि १ करोड ९१ लाख ४६ हजार वचत गर्न सफल भएको छ ।

कार्यक्रममा अध्यक्ष भण्डारीले सहकारीबाट प्राप्त भत्ता पती स्वर्गीय दलबहादुर पौडेलको स्मृतिमा अक्षय कोष स्थापना गरि अक्षय कोषको ब्याजबाट वार्षिक रूपमा सहकारीका एकल महिला शेयर सदस्यका छोराछोरीलाई छात्रवृत्ति उपलब्ध गराई रहेको बताईन् । सहकारी अपाङ्गता भएका मानिसहरुलाई आत्मनिर्भताकालागि ऋण लगानिमा न्युन ब्याजदर र वचत गर्दा ब्याजदर बढाएर दिने योजना लिएको उनले बताईन् ।

सहकारीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बराहक्षेत्र नगरपालिका ४ बटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई जाडोको लागि ट्रयाकसुट, ब्याग, खानेपानिको सामाग्री बितरण गरिएको सहकारीका व्यवस्थापक बाबुराम खत्रीले बताए ।

कार्यक्रममा बराहक्षेत्र नगरपालिकाकी उपप्रमुख नन्दकुमारी सुनुवारको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रम स.स्थाका उपाध्यक्ष दिपक कार्कीले सञ्चालन गरेका थिए भने कार्यक्रममा पुर्व संचालक समितिका पदाधिकारीहरु, लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुलाई सम्मान गरिएको थियो । नियमित दुध उत्पादन गरि बिक्री गर्ने शेयर सदस्यलाई दुध बोक्ने ट्यामी, उत्कृष्ट कर्मचारी, उत्कृष्ट बचतकर्ता, कारोबारी, असल ऋणीलाई सम्मान गरिएको थियो ।



Leave a comment