काठमाडौं । धादिङ बचत तथा ऋण सहकारी संघको २१औं वार्षिक साधारण सभाले नयाँ संचालक समिति चयन गरेको छ । सभाले सीता दुवाडीको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र चमेली बगाले काप्रीको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको हो ।
सञ्चालक समितिको उपाध्यक्षमा श्रोत परिचालन साकोसका तुलसीप्रसाद अधिकारी, सचिवमा भैरवी साकोसका शान्तबिक्रम बानियाँ र कोषाध्यक्षमा रामकोट साकोसका राजकुमार श्रेष्ठ चयन भएका छन् । त्यस्तै सञ्चालक समितिको सदस्यमा चुलीदेवी साकोसका कृष्णप्रसाद सिलवाल, जनकल्याण साकोसका रामहरि बराकोटी, सहारा महिला सकोसका खिलकुमारी पोखरेल खत्री, स्वर्णिम साकोसका नविनकुमार श्रेष्ठ र मिलिजुली साकोसका उर्मिला रेग्मी निर्वाचित भएका छन । त्यस्तै लेखा सुपरीवेक्षण समितिको सदस्यहरुमा उद्योग वाणिज्य साकोसका बलराम खत्री र नवदिप साकोसका राजाराम पाठक निर्वाचित भएका हुन् ।
संघकी कार्यवाहक अध्यक्ष सीता दुवाडीको सभापतित्वमा भएको सभामा बागमती प्रदेश सहकारी संघका महासचिव नेत्रराज पौडेल र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका सञ्चालक नवराज शर्माको उपस्थिति थियो । सभाले संघको आव २०८१ / ८२ को वार्षिक प्रतिवेदन, आव २०८२ / ८३ को अनुमानित बजेट र नीति तथा कार्यक्रमका साथै आव २०८१ / ८२ को बाह्य लेखा परीक्षकको प्रतिवेदन पारित गरेको छ ।
साधारण सभामा आव २०८१ / ८२ को कारोबारको आधारमा सहकारी संस्था र अभियन्ताहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । सहकारी अभियानमा उत्कृष्ट योगदान गर्ने अभियन्तामा नीलकण्ठ महिला बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष उर्मिला श्रेष्ठलाई सम्मान गरिएको थियो ।
त्यस्तै उत्कृष्ट दैनिक कारोबार गर्नेतर्फ महिला सशक्तिकरण बचत तथा ऋण सहकारी संस्थालाई सम्मान गरिएको छ । वर्षको उत्कृष्ट ऋण कारोबार गर्ने संस्थातर्फ कलश बचत तथा ऋण सहकारी संस्थालाई सम्मान गरेको छ । उत्कृष्ट व्यवस्थापक (प्रारम्भिक संस्थाहरु मध्येबाट) श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत दयानीधि नेपाललाई सम्मान गरेको छ ।
संघमार्फत सञ्चालन गरेको साकोस रणनीतिक सुधार कार्यक्रममा सहभागी हुने वर्षको उत्कृष्ट संस्थातर्फ बिशाल आमा बचत तथा ऋण सहकारी संस्थालाई सम्मान गरको छ । यसआवमा सबैभन्दा बढि शेयर खरीद गर्ने रामकोट बचत तथा ऋण सहकारी संस्था र नीलकण्ठ महिला बचत तथा ऋण सहकारी संस्थालाई सम्मान गरेको थियो ।
Leave a comment