हाइलाइट

शिवमणि साकोसको १२ औं बार्षिक साधारण सभा सम्पन्न

शिवमणि साकोसको १२ औं बार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । सम्सी गाउँपालिका ७ महोत्तरीमा रहेको शिवमणि बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष नगिनाकुमारी साहको अध्यक्षतामा सम्पन्न सभामा जिल्ला बचत संघ महोत्तरीका अध्यक्ष गगनदेव यादवको प्रमुख आतिथ्यता रहेको थियो ।

सभाले विभिन्न संघ संस्थाका ब्यक्तिलगायत सदस्यलाई सम्मान गरेको छ । पुष १२ गते सम्पन्न सभामा संस्थाले जिल्ला बचत संघका कोषाध्यक्ष रामनारायण साहलगायतलाई दोसल्ला ओढाएर सम्मान गरेको हो । सभामा असई सुरेन्द्र यादव, वडा सदस्य नगेन्द्र साह, सुरेन्द्रकुमार साह, लिलामणि आचार्य, राम श्रेष्ठ यादव, महेश्वर यादव, रामप्रित यादव, रमा भट्टराई, रेखा यादव, मनोज नायकलगायतको आतिथ्यता रहेको थियो ।

सभामा संस्थाकी अध्यक्ष साहले बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेकी थिइन । सभामा प्रस्तुत अध्यक्ष, कोषाध्यक्ष तथा लेखा समितिको प्रतिवेदन सर्वसम्मत पारित गरिएको अध्यक्ष साहले जानकारी दिइन । संस्थामा ७५० जना जम्मा सदस्य तथा ३५० जना ऋणी सदस्य रहेको जनाइएको छ । संस्थाले ४ करोड बचत संकलन गरी ३ करोड लगानी गरेको छ भने ५० लाख सेयर पूँजी तथा २५ लाख जगेडा कोषमा रहेको र ५ मरोड हाराहारी कूल कारोबार गरेको अध्यक्ष साहको भनाइ छ ।



Leave a comment